लण्डनकाे रेसकाेर्स बन्याे ‘मिनी नेपाल’

ENGLISH

NRN GLOBAL

लण्डनकाे रेसकाेर्स बन्याे ‘मिनी नेपाल’

2 September, 2016 | Sandeep Bhattarai | 1170 Views | comments

नवीन पोखरेल, लन्डन – लाग्दैनथ्यो, यो लन्डनस्थित केम्पटेन पार्क रेस कोर्स हो भनेर । अरू बेला घोडा दौड हेर्न विदेशीले भरिने यो ठाउँमा नेपाली भरिएका थिए । मिनी नेपालझैं बन्यो यो मैदान । विदेशी कूटनीतिज्ञसहित करिब आठ हजार नेपालीले भरिभराउ मेलाले सिंगो नेपालको झल्को दियोबेलायतमा रहेका ३० भन्दा बढी नेपाली संघसंस्था आआफ्ना झाँकीसहित प्रस्तुत भए । राति अबेरसम्म विभिन्न जातजातिका भेषभूषा, रहनसहन र कलासंस्कृति प्रदर्शन भइरहे ।

लण्डनकाे रेसकाेर्स

‘सिंगो नेपाल त यहाँ पो देखें,’ कार्यवाहक राजदूत शरदराज आरन भन्दै थिए, ‘नेपाली मौलिक कला संस्कृति र पहिचान स्थापित गर्न मेलाले ठूलो भूमिका निर्वाह गरेको छ ।’

दूतावासकै सहयोगमा तमुधिं युकेले आइतबार मेला गरेको हो । मेलामा यस पटक विदेशी कूटनीतिज्ञहरूको पनि उल्लेख्य सहभागिता रह्यो । बेलायती नेताबाहेक बोस्निया एन्ड हर्जगोभिना, सेनेगल, म्यान्मार, गुयना, ग्वाटेमाला, मंगोलिया, निकारागुवा, हैटी, अफगानिस्तान, अर्मानिया, साल्भाडोर, श्रीलंका, म्यासेडोनिया, बेलिज, सेसेली लगायत देशका राजदूत र वरिष्ठ कूटनीतिज्ञहरूले मेला उत्साहपूर्वक अवलोकन गरे । ‘इट्स एन अमेजिङ,’ केही नेपाली शब्दसमेत जानेका मंगोलियाका फस्ट सेक्रेटरी दर्शकदीर्घाबाट भन्दै थिए । लन्डनस्थित नेपाली दूतावासले कूटनीतिज्ञ निम्त्याउन संयोजन गरेको हो ।

तमुहरूको ट्होटे होस् वा लिम्बूको च्याब्रुङ, कौरा र सोरठी … सबै मेलाका आकर्षण थिए । मेलामा ३१ झाँकी प्रदर्शित भए । युवाहरूका पाँच ब्यान्डले गीत–संगीत प्रस्तुत गरे । उक्त अवसरमा एक हजार एक सय पाउन्डको एम्बासडर कप लमजुङ समाज यूकेले जित्यो । झाँकी र नृत्य दुवै प्रस्तुत गरी उत्कृष्ट हुनेलाई उक्त अवार्ड दिइएको हो ।

खाना र च्यारिटीका स्टल, ब्रिगेड अफ गोर्खाजका प्रस्तुति, राफल ड्रले पनि थप आकर्षण थिए । ‘मेला अत्यधिक सफल भएको छ,’ आयोजक तमुधिं यूकेका अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङले भने, ‘यसले नेपाली कलासंस्कृति जीवन्त राख्ने मात्र होइन, बेलायत र अन्य देशबीचको सम्बन्ध अरू प्रगाढ बनाउन पनि सहयोग गरेको छ ।’

तमुधिं यूकेका सल्लाहकार एवं एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङले मेला व्यवस्थित हुँदै जाँदा दर्शक सहभागिता बर्सेनि बढ्दै गएको बताए । ‘दोस्रो पुस्ता मेलाप्रति आकर्षित हुनु भनेको उनीहरूको नेपाली कला संस्कृतिप्रतिको झुकाव बढ्नु पनि हो,’ उनले भने ।

मिनी नेपाल

महासचिव हरि गुरुङले सञ्चालन गरेको पहिलो औपचारिक सत्रमा मेला संयोजक नन्दजंग गुरुङ, लन्डन बरो अफ ब्रेन्टका डेपुटी मेयर काउन्सिलर भगवानजी चौहान, नेपालका सांसद डा. गणेश गुरुङ लगायतले मेलाको शुभकामना दिए ।

कान्तिपुरबाट

यो पनि हेर्नुस – अस्ट्रेलियाको मिनी नेपाल यस्तो छ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK