‘लड्स क्रिकेट मैदान’मा नेपालले खेल्न पाउनु ठूलो सौभाग्य

ENGLISH

SPORTS

‘लड्स क्रिकेट मैदान’मा नेपालले खेल्न पाउनु ठूलो सौभाग्य

11 July, 2016 | Sandeep Bhattarai | 1495 Views | comments

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले ‘क्रिकेटको घर’ नामले परिचित इङ्ग्ल्यान्डको लन्डनस्थित ‘लड्स क्रिकेट मैदान’मा नेपालले खेल्न पाउनु ठूलो सौभाग्य भएको बताउनुभएको छ ।

nepali cricket

आइतबार आयोजित बिदाई कार्यक्रममा प्रशिक्षक टमाटाले भन्नुभयो, “बेलायतजस्तो देशको ऐतिहासिक मैदानमा खेल्न पाउनु नेपाली खेलाडीका लागि सुनौलो अवसर हो, त्यसैले हामीले त्यहाँ राम्रो खेल प्रदर्शन गरेर सबैको ध्यान आकृष्ट गर्नुपर्छ ।”

कप्तान खड्काले भन्नुभयो, “सायद त्यस्तो क्रिकेटको ऐतिहासिक ठाउँमा पहिलोपटक खेल्न पाउने एसोसिएट राष्ट्रमध्ये नेपाल नै पहिलो होला, त्यसैले हामीले यो समयको सदुपयोग गर्नुपर्छ ।” उहाँले यो पटक मौसमले पनि साथ दिएकाले राम्रो प्रदर्शनको आशा गरेको बताउनुभयो ।

हाल नेपाली टोली अगस्टमा नेदरल्यान्डसँग उसकै घरेलु मैदानमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतका दुई खेलको तयारीमा छ । जसका लागि नेपालले इङ्ल्यान्डको म्यारिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग आगामी साउन ४ गते (जुलाई–१९) उसकै घरेलु मैदान (लड्स क्रिकेट मैदान)मा अभ्यास खेल खेल्ने अवसर पाएको हो । लड्स क्रिकेट मैदान संसारकै पुरानो क्रिकेट मैदानमा पर्छ ।

यसैबीच, नेपाली क्रिकेट टोली सोमबार बिहान इङ्ग्ल्यान्ड प्रस्थान गर्दैछ । इङ्ल्यान्ड यात्रा गर्ने टोलीमा १५ खेलाडी र तीन पदाधिकारी छन् । जसमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी छन् । त्यस्तै, सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दीप लामिछाने, बिक्रम सोब, राजु रिजाल तथा राजेश पुलामी मगरसमेत इङ्ग्ल्यान्ड उड्नेछन् ।

त्यसैगरी प्रशिक्षक टमाटा, टेक्निकल एनालाइसिष्ट रमण सिवाकोटी र फिजियो दिनेश भट्ट पनि टोलीसँगै हुनेछन् ।उनीहरुलाई आइतबार आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेलले बिदाई गर्नुभयो ।

यो पनि हेर्नुस – नेपाली क्रिकेट टोलीको घोषणा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK