र्‍याप सिकाउन मिल्दैन, यो प्राकृतिक हुन्छ, आफैं आउनुपर्छ : लाहुरे

ENGLISH

ENTERTAINMENT

र्‍याप सिकाउन मिल्दैन, यो प्राकृतिक हुन्छ, आफैं आउनुपर्छ : लाहुरे

राजाराम पौडेल, पोखरा

10 September, 2017 | Bipin Acharya | 1255 Views | comments

आशिष राना लाहुरे बाल्यकालमा लजालु स्वभावका थिए । कक्षा ६ पढ्न थालेपछि उनी र्‍याप गीत सुन्न थाले । आशिष लाहुरेका छोराछोरीको संगतपछि यसतर्फ आकर्षित भएका हुन् । लाहुरेका छोराछोरीले विदेशबाट ल्याएका हिपहप गीतका सिडीमार्फत उनले हिपहप कल्चर हेर्न पाए । यसरी उनी हिपहप संस्कृतिसँग नजिकिए । बिस्तारै रुचि बढ्दै त गयो तर स्कुल–कलेजका कार्यक्रममा स्टेज चढ्ने आँट गरेनन् ।६ वर्षअघि पोखरामा आयोजित पहिलो नयाँबजार साँझमा स्टेजमा प्रस्तुति दिएपछि उनमा उत्साह थपियो । रानाको प्रस्तुति हेरेर तेरो भविष्य उज्वल छ भनी प्रशंसा गर्नेहरू पनि प्रशस्तै थिए ।

त्यसपश्चात् उनले ‘मेरो सोल्टा’ गीत रेकर्ड गरे । पहिले मोबाइलमा रेकर्ड गरेर युट्युबमार्फत रिलिज गरिएको उक्त गीतलाई दर्शक–श्रोताहरूले मन पराएपछि स्टुडियोमा रेकर्ड गरी पुन: सार्वजनिक गरियो । त्यसपछि उनको चर्चा पोखारामा मात्र सीमित रहेन । आशिषले इजी १२ सँग ब्याटल गरे जसलाई धेरैले रुचाए । जब उनले युनिक पोयटसँग ब्याटल खेले, उक्त ब्याटल हिट भयो ।

लाहुरेले यतिबेला आफ्नो पहिलो एल्बम ‘चुप लाग’ सार्वजनिक गरेका छन् । एल्बममा सातवटा गीत छन् जसमा नाच्नसमेत मिल्छ । उक्त एल्बमका तीनवटा गीत १५ लाखले हेरिसकेका छन् । बनावटी, साथी हो, नेपहपको बाटो गीतलाई भ्युअरले रुचाएपछि उनले सुपरागा गीतको भिडियो समेत तयार पारिसकेका छन् ।

पोखरामा पहिले–पहिले अन्डर ग्राउन्डका रूपमा रहेका हिपहप ब्यान्डहरू अहिले बाहिर आउन थालेकोमा उनी खुसी छन् । पोखरामा र्‍यापलाई माया गर्नेहरू धेरै छन् । खुसी हँदै आशिषले भने— अब पोखरामा अरू थुप्रै लाहुरे जन्मन सक्छन् ।

र्‍याप गीत गाउन त्यति सजिलो नहुने उनले बताए । रातभर बसेर प्राटिक्स गर्नुपर्छ, सोच्नुपर्छ, क्यारेक्टरमा ढल्नुपर्छ, –उनी भन्छन् । र्‍याप आफैं आउनुपर्ने लाहुरे बताउँछन् । र्‍याप सिकाउन मिल्दैन, यो प्राकृतिक हुन्छ । अर्थात् यो सिकेर जानिने कुरा होइन, अलिअलि टेक्निक मात्र सिकाउन सकिन्छ, –आशिषले प्रस्ट्याए ।

उनको लाहुरे एन्ड द बटालिएन ब्यान्ड छ । यो ब्यान्ड स्थापना भएको तीन वर्ष भयो । मुख्य भोकलिस्ट उनी आफैं रहेको यो ब्यान्डमा लिड गितारमा दीपक लामा, बेस गीतारमा असिम गुरुङ तथा ड्रममा सरोज कार्की छन् ।

उनको नाम लाहुरे रहनुको पनि छुट्टै कारण छ । उनका हजुरबुबा ब्रिटिस आर्मीका लाहुरे थिए । घरपरिवारको इच्छा पनि उनलाई लाहुरे बनाउने थियो । आशिषले आफूलाई ब्रिटिस आर्मी बनाउन विभिन्न प्राटिक्स गर्न थाले, हेयर स्टाइलदेखि शरीरको ढाँचा सबै ब्रिटिस आर्मीको जस्तो बनाए, तर उनी छनौट भएनन् । यद्यपि उनको यो नयाँ लुक्स, हेयर स्टाइल आदि देखेर उनीसँगै पढ्ने साथीहरूले उनलाई लाहुरे भनेर बोलाउन थाले । यो नाम उनलाई पनि मन पर्‍यो ।

आशिषले एक शोको पारिश्रमिक ५० हजारदेखि ३ लाख रुपैयाँसम्म लिने गरेका छन् । र्‍याप ब्याटल भनेको एक–अर्कालाई नराम्रो भनेर अघि बढ्ने चलन हो । यसको सुरुवात काला र गोराबीचको द्वन्द्वबाट भएको थियो । ब्याटल र्‍याप, ब्रेकडान्स, ग्राफिक्स डिजाइन, डिजे नेपालमा पनि रुचाइएको छ । र्‍याप भनेको हिपहपभित्रको एउटा भाग हो । नेपालको र्‍यापलाई नेपहप भनिन्छ ।

लाहुरेका फ्यान प्रसस्तै छन् । प्रपोज पनि आउँछन्, धेरैले माया देखाउँछन्, तर उनले स्पेसल साथी भने बनाएका छैनन् । राना भन्छन्– पहिले त स्पेसल साथी थिइन तर निरन्तरता दिन सकिनँ । अहिले शतप्रतिशत समय संगीतलाई दिएको छु ।

आशिष पोखराको पल्स रेकर्डिङ स्टुडियोसँग आबद्ध छन् । हाल हिमालयन रोडिजमा निर्णायकको भूमिकामा देखिने आशिषले चलचित्र ताण्डवमा मुख्य भूमिका समेत निर्वाह गरेका छन् ।

कान्तिपुर पब्लिकेसन्स प्रा.लि.द्दारा प्रकाशित “साप्ताहिक” बाट साभार गरिएको ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK