रोहिङ्गा भन्छन् म्यानमारमा उपचार समेत गरिंदैन हाम्रो(भिडियो सहित)

ENGLISH

POLITICS

रोहिङ्गा भन्छन् म्यानमारमा उपचार समेत गरिंदैन हाम्रो(भिडियो सहित)

7 December, 2018 | Sandeep Bhattarai | 1135 Views | comments

रोहिङ्गा

बर्माको शैनिक शासकबिरुद्ध प्रजातान्त्रिक संघर्ष गर्दै लामो समय जेल र नजरबन्दमा बिताएकी आङ साङ सुकीले र शासनकालमा बर्माको अल्पसंख्यक रोहिङ्गाले आफ्नै देशबाट निकालिनुपर्ला भन्ने सोचेका थिएनन् ।

तर लामो समयदेखि आफ्नो आवाज उठाउँदै नागरिकको दर्जा मागिरहेका उनीहरुमाथि यति दमन भयो कि यसको बयान गरी साध्य छैन ।
यसै भएर सुकीको चर्को आलोचना भयो अन्तर्राष्ट्रिय क्षेत्रमा । धेरैलाई थाहा नहुनसक्छ रोहिङ्ग्या नेपालमा पनि शरण लिएर बसिरहेका छन् भनेर । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा उनीहरु विगत ६ वर्षदेखि बसिरहेका छन् । उनीहरु आफूहरु नेपालमा सन् २०१२ मा आएको बताउँछन् ।

उनीहरु बर्मामा भएको राजनीतिक द्वन्द्व र सैनिकहरुको दमनका कारण नेपाल पसेका उनीहरु नेपालजापानसंग कुरा गर्ने क्रममा जे बतायो त्यो पत्याउर्नै गाह्रो पर्छ । एक शरणार्थीका अनुसार उनीहरुलाई म्यान्मारमा उपचार समेत गरिंदैन । उपचारका लागि समेत बंगलादेश धाउनुपर्छ ।

आफ्नो नागरिकताको लागि आवाज उठाउदा दमन भएको र आफूहरुलाई बर्मेली नभएको भन्दै नागरिकता दिन त्यहाँको सरकार तयार नभएको शरणार्थीहरुको भनाई छ ।

अहिले कपनको लसुन्टार फाँट र राममन्दिरमा उनीहरु बस्छन् । करीब १२० परिवार त्यहाँ रहेका छन् । उनीहरु भाडामा जग्गा लिएर बस्ने गरेका छन् । त्यो शरणार्थी शिविर नभएर उनीहरुले भाडामा लिएर बसेका हुन् ।

उनीहरु बर्माबाट लखेटिएपछि बंगालदेश भारत हुँदै नेपाल आएको बताउछन् । बाँच्नकै लागि नेपाल आएका उनीहरु त्यसकै लागि जे काम पनि तयार हुने बताउँछन् । त्यसो त उनीहरुलाई कामको खाँचो भने छैन । खास गरी उनीहरु घर बनाउने, प्लास्टर गर्ने, इटा, रोडा बोक्ने गरेको बताउछन् । तर ज्याला भने नेपालीहरुलाई भन्दा कम पाउने गरेको बताउँछन् ।

हेर्नुहोस् कपनमा बसेका रोहिङ्गाको वेदना यो भिडियोमा:

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ओसाका-काठमाडौं हवाई उडान फेब्रुअरीबाट

लामो समयपछि काठमाडौं र जापानबचि सिधा हवाई सेवा सुरु...

गायिका नित्याशिवाको रोमान्टिक गीत ’पिरतिको धार ले’ सार्वजनिक (भिडियो सहित)

गायिक नित्याशिवाकोे आवाजमा रहेको नयाँ गित ’पिरतिको धार ले’...

एनआरएनए तेस्रो अफ्रिका बैठकको तयारी पूरा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै...

‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यान्वयन उपसमितिले पूर्ण

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यक्रम कार्यान्वयन उपसमितिलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK