रोजगारदातालाई मलेसियाले भन्यो,‘कामदार दर्ता नगरे कोर्रा’

ENGLISH

रोजगारदातालाई मलेसियाले भन्यो,‘कामदार दर्ता नगरे कोर्रा’

12 March, 2016 | arjun baral | 690 Views | comments

मलेसियाले गैरकानुनी कामदारलाई दर्ता एवं बैध हुन यसअघि दिइएको समयावधिमा हेरफेर गरेको छ । मलेसियाली मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले गैरकानुनी आप्रवासी कामदारलाई दर्ता हुन यसअघि दिएको समयसीमा छोट्याएर यही बर्ष जुन ३० सम्म भित्रैमा कामदार दर्ता गर्नुपर्ने निर्णय गरेको हो । यसअघि यही बर्ष अन्त्य (डिसेम्बर ३१) सम्म दर्ता गरी वैध हुन पाउने भनिएको थियो ।

worker

स्थानीय संचारमाध्यमका अनुसार रोजगारदाता र गैरकानुनी कामदार स्वंमले यस्तो अवसरको निरन्तर वेवास्ता गर्दै आएकाले यसअघि दिइएको समयावधि छोट्याइएको जनाइएको छ । रोजगारदाताले उक्त समयासीमाभित्र कामदार दर्ता नगरेमा ‘कोर्रा’ हिर्काउनेसम्मको सजाय हुने बताइएको छ ।

‘रोजगारदाताले गैरकानुनी कामदारको दर्ता एवं बैध गराउन गर्न डिसेम्बर ३१ को सट्टामा जुन ३० सम्मको अवधि दिने निर्णय गरिएको छ ।’ मन्त्रीपरिषदको निर्णयबारे उपप्रधान एवं गृहमन्त्री अहमद जहिद हमिदीको भनाई उध्दृत गर्दै स्थानीय अंग्रेजी दैनिक द स्टारले अनलाइन संस्करणमा लेखेको छ, ‘किनकी रोजगारदाताले कामदार दर्ता गर्न दिइएको अवसर बेवास्ता गरिरहेका छन् । यदि दर्ता गरेनन् र उनीहरु दोषी पाइए भने कोर्रा हिर्काउनेसम्मको सजाय हुनेछ ।’

रोजगारदाता अवसरको सदुपयोग गर्नुको सट्टा जरिवाना तिरेपछि सबै ठिक हुन्छ भन्ने मनसायले ढुक्कै भएर बसेको भन्दै समयसीमाभित्रै दर्ता नगरेमा कडा कार्बाही हुने पनि उनले बताए ।

अपेक्षित संख्यामा कामदार दर्ता नहुादा मलेसियाले गैरकानुनी कामदार र उनीहरुलाई काम दिने रोजगारदाताविरुद्ध यस्तो निर्णय गरेको हो । उसले हाल जारी रहेको ‘कामदारको दर्ता र बैधानिकता कार्यक्रम’ (रिहाईरिङ प्रोग्राम) को अवसर दिएपनि गैरकानुनी अवस्थामा रहेका हजारौं नेपालीमध्ये निकै कम संख्यामा मात्र यसमा सहभागी छन् ।

गैरकानुनी कामदार हटाउन एवं व्यवस्थित गर्न गत फेब्रुवरी १५ देखि संचालनमा ल्याइएको यस कार्यक्रममा हालसम्म करिब १५ हजारको संख्यामा कामदारहरु दर्ता भएको बताइन्छ । करिब २१ लाख विदेशी कामदारमात्र कानुनी रुपमा कार्यरत रहेको मलेसियामा झण्डै २० लाख गैरकानुनी कामदार रहेको ठानिएको छ ।

नयाँ कामदार भर्ना तत्काल नखुल्ने संकेत

यसैबीच उपप्रधानमन्त्री हमिदीले नयाँ कामदार भर्ना तत्काल नखुल्ने संकेत गरेका छन् । उनले मुलुकमै भएका गैरकानुनी कामदार दर्ता गरि कामदारको माग पूर्ति गर्न रोजगारदाताहरुलाई आग्रह गरेका छन् । मलेसियामा गैरकानुनी कामदार समस्या ठूलो चुनौतीको रुपमा रहादै आएको छ । ती कामदारलाई हटाउन पनि नयाँ कामदार भर्ना रोक्ने निर्णय गरेको बताइन्छ ।

-कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा...

“नालीना एकल साङ्गितिक साँझ” अब पोर्चुगलमा

दुई दशक पहिलेकी चर्चित नेपाली पप गायिका नलीना चित्रकार...

भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको अन्त्येष्टि आज अपरान्ह ४ बजे गरिने

तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल विहारी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK