रेमिट्यान्स शुल्क व्यहोर्न सरकारलार्इ निर्देशन

ENGLISH

रेमिट्यान्स शुल्क व्यहोर्न सरकारलार्इ निर्देशन

17 June, 2016 | arjun baral | 940 Views | comments

reaminitsव्यवस्थापिका संसदअन्तर्गतको विकास समितिले वैदेशिक रोजगारीमा कामदार पठाउन सम्झौता गर्दा विप्रेषण(रेमिट्यान्स) बैंकिङ माध्यमबाट भित्रिने व्यवस्था गर्न सरकार तथा श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ।

विदेशबाट बैंकिङ प्रणालीमार्फत नेपालमा विपे्रषण पठाउँदा लाग्ने कमिसन तथा शुल्क नेपाल सरकारले व्यहोर्ने नीतिगत व्यवस्था गर्नसमेत समितिले सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ। रेमिट्यान्स कम्पनीहरुले विदशमा संकलन गरेको सम्पूर्ण विप्रेषण रकम परिवत्र्य विदेशी मुद्रामा नेपाल भित्र्याउन निगरानी रनियमनका लागि आवश्यक नीतिगत र संरचनागत व्यवस्था गर्न निर्देशन दिएको छ। हुण्डी तथा हवालामार्फत विप्रेष भित्र्याउने कार्यमा संलग्नलाई कारवाही गर्न नेपाल सरकारका सम्बन्धीत निकायहरुलाई समितिको निर्देशन छ ।

त्यसैगरी बैदेशिक रोजगारीमा जाने कामदारलाई वित्तीय साक्षरताको विषयमा प्रभाविकारी रुपमा अभिमुखिकरण गर्न, वैदेशिक रोजगारमा गएका प्रत्येक कामदार वा निजको परिवारको नाममा बैंक खाता खोलेको कुरा सुनिश्चित गर्न निर्देशन दिएको छ।

व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकले माग गरेको म्यानपावर कम्पनीको कामकारवाहीसम्बन्धी विवरण नबुझाउने कम्पनीहरुको नविकरण नगर्न, आयकर नतिर्ने म्यनपावर कम्पनीहरुको नविकरण नगर्न र ठगी गरेको सम्बन्धमा पटक पटक उजुरी पर्ने गरेका म्यानपावर कम्पनीहरुलाई उपयुक्त मापदण्ड नबनाई सञ्चालन नगर्न समितिले निर्देशन दिएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा...

“नालीना एकल साङ्गितिक साँझ” अब पोर्चुगलमा

दुई दशक पहिलेकी चर्चित नेपाली पप गायिका नलीना चित्रकार...

भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको अन्त्येष्टि आज अपरान्ह ४ बजे गरिने

तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल विहारी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK