रेखा थापालाई आमा बन्ने रहर

ENGLISH

ENTERTAINMENT

रेखा थापालाई आमा बन्ने रहर

1 January, 2017 | Bhawana Pathak | 615 Views | comments

हालै राप्रपामा प्रवेश गरेकी नायिका रेखा थापाले मुलुकको सर्वोच्च पदमा कलाकारिता क्षेत्रको पहुँच नहुँदा यस क्षेत्रको सोचे अनुरुप विकास नभएको बताएकी छन् । साथै उनले कलाकारिता क्षेत्रमा कलाकारहरु प्रवेश गरेर नेतृत्व लिनुपर्ने भन्दै अब राजनीतिक नायिका ‘हिम्मतवाली’बनेर देखाउने बताइन् ।

rekha-thapa-dang

शनिवार घोराहीमा गरेको पत्रकार भेटघाटमा वोल्दै नायिका थापाले कलाकारहरुको नीति निर्माण तहमा पहुँच नपुगेकै कारण राजनीतिमा प्रवेश गरेको बताएकी हुन् ।

उनले कमल थापाले नेतृत्व गर्नु भएको राप्रपाले हिन्दु धर्मको एजेण्डा उठाएकाले त्यसबाट प्रभावित भएर त्यस पार्टि आफ्नो रोजाइमा परेको स्पष्ट पार्दै मुलुकको सही नेतृत्व र बैकल्पिक शक्तिका रुपमा राप्रपा उदय हुने दावि समेत गरिन् ।

‘हामी कलाकारको नीतिनिर्माण तहमा खासै पहुँच छैन, यहि देखेर नै राजनीतिमा आएकी हुँ’, उनले भनिन्– ‘सबैको साथ, सहयोग, समर्थन पाएमा फिल्ममा हिम्मतवाली बनेझै यस क्षेत्रको नायिका बनेर देखाउने छु ।’

बैवाहिक जीवनबारे सोधिएको फरक प्रसंगमा नायिका थापाले आफूलाई पनि सन्तानको आमा हुने रहर रहेको बताइन् । नायिका थापाले अब विवाह गर्ने समय पनि आएको र मिल्यो भने केही वर्षमै बैवाहिक जीवनमा बाँधिने जानकारी दिइन् ।

राजनीतिक भेटघाटलार्र्इ महत्व दिएर दाङको कोठरीमा आयोजित माघी महोत्सवमा सहभागी हुन आएकी नेतृ थापाले राजनीतिक भेटघाट गर्नुका साथै राप्रपा दाङ र उसको युवा विद्यार्थी संगठनले गरेको स्वागत तथा सम्मान कार्यक्रममा सरिक भएकी थिइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK