रेखाले राखी बाधिएको दिन शाहरुखको लागि सबै भन्दा दुखद क्षण

ENGLISH

ENTERTAINMENT

रेखाले राखी बाधिएको दिन शाहरुखको लागि सबै भन्दा दुखद क्षण

28 February, 2017 | Bhawana Pathak | 880 Views | comments

शाहरुख खानको केही दिन अघि ‘यश चोपडा मेमोरियल अवार्डस्’ हस्तान्तरण गरियो । यो समारोहमा शत्रुघ्न सिन्हा, सिमी ग्रेवाल, रेखा र यश चोपडाकी श्रीमती पमेला चोपडा पनि समावेश भएका थिए ।

sharukh1

रेखाका अनुसार शाहरुख खानले उनलाई जबर्जस्ती निन्द्राबाट ब्यूँझाएको एक सन्दर्भमा उल्लेख गरिन् ।उनले भनिन्, ‘एक पटक हामी प्लेनमा थियौं र म सुतिरहेकी थिएँ किनभने म थाकेकी थिएँ । मलाई शाहरुखले उठाए र अस्ताउँदो सूर्यलाई हेर्न आग्रह गरे । म निकै थाकेको भएर अस्ताउँदो सूर्यलाई देख्नुको साटो कसले मलाई उठायो भनेर हेर्दा मैले शाहरुख पाएँ ।’

शाहरुखले रेखालाई सूर्य देखाउन उठाएको त एउटा बहाना मात्र भएको बताएका छन् ।शाहरुख भन्छन्, ‘रेखासँग कुरा गर्न मैले बहाना खोजिरहेको थिएँ । रेखाजीले मलाई राँखी बाँधिदिएको दिन मेरो जिन्दगीको सबैभन्दा दुःखद दिन हो ।’

शाहरुखले यश चोपडालाई सम्झँदै भने, ‘मेरो करियर यश चोपडाकै कारण बनेको हो । यदि मैले रोमान्टिक फिल्म नखेले मेरो करियर डुब्ने उनले बताएका थिए । यद्यपी, मलाई लाग्दैन थियो कि म रोमान्टिक हिरो हुँ र मेरो अनुहार हिरोसँग मेल खान्छ । तर मैले उनको यो कुरा सुनें र मैले सफलता हात पारें ।‘मेरो करियर यश चोपडाकै कारण बनेको हो । यदि मैले रोमान्टिक फिल्म नखेले मेरो करियर डुब्ने उनले बताएका थिए । यद्यपी, मलाई लाग्दैन थियो कि म रोमान्टिक हिरो हुँ र मेरो अनुहार हिरोसँग मेल खान्छ । तर मैले उनको यो कुरा सुनें र मैले सफलता हात पारें ।’

शाहरुखले भने, ‘मेरो बुवाले भनेका थिए कि यदि कश्मिर जान्छौ भने मसँगै जान्छौ । त्यसपछि उनी हाम्रो साथ छोडेर गए । वर्षौंसम्म म कश्मिर गइनँ । त्यसपछि फिल्म ‘जब तक हे जान’ का लागि मेरा बुवा समान यश चोपडाले मलाई कश्मिर जान आग्रह गरे, अनिमात्र म गएँ ।’समारोहमा शत्रुध्न सिन्हाले शाहरुख खान ‘इनर्जी किंग’ हुन् र उनको कहानी ‘जिरो टु हिरो’ को भएको बताएका छन् ।

सिन्हाले भने, ‘जुन प्रकारले उनले आफ्नो करियर बनायो त्यो प्रशंसायोग्य छ । जसले शाहरुखका विरुद्ध केही नकारात्मक कुरा गर्छन्, म शाहरुखको साथमा छु किनभने म आफ्नो इन्टिष्ट्रिको साथमा छु ।’

सिन्हाको प्रशंसामा शाहरुखले ‘कसैलाई खामोस् (चुप) गर्नु छ भने म शत्रुघ्न भए ठाउँ जान्छु’ भने ।शाहरुख भन्छन्, ‘२५ वर्षदेखि काम गरिरहेको छु तर जब म संघर्ष गरिरहेको थिएँ तब मेरो आमा बुवाको देहान्त भइसकेको थियो । मसँग घर थिएन र बहिनीको स्वास्थ्य पनि ठिक थिएन । त्यतिबेला मलाई यहाँका मानिसहरुले यो उद्योगका मानिसहरुले सहयोग गर्नुभयो ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK