रुसमा राष्ट्रपति चयनका लागि मतदान सुरु

ENGLISH

WORLD

रुसमा राष्ट्रपति चयनका लागि मतदान सुरु

18 March, 2018 | Kabi Adhikari | 2625 Views | comments

रुसमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार रुसी नागरिकले मतदान सुरु गरेका छन् । रुसी महासंघको पूर्वी क्षेत्र काम्चाट्का र चोकोट्कामा आइतबार बिहान स्थानीय समय अनुसार ८ बजे मतदान सूरु गरिएको छ ।

Russia Presidential Election

रुसको भूभाग निकै ठूलो रहेको र यसका कारण यहाँको समयमा पनि फरक पर्ने भएकोले ती बाहेकका रुसका अरु कैयौँ क्षेत्रका मतदाताले भने मतदानका लागि घन्टौँ कुर्नुपर्ने हुन्छ । निर्वाचन अधिकारीहरुले जनाएअनुसार स्थानीय समयानुसार आइतबार बिहान ८ बजेबाट सुरु भएको मतदानको समापनका लागि अरु कैयौँघन्टा लाग्नेछ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख इल्ला पाम्फीलोभाले रुसका करिब ११ करोड नागरिक यस निर्वाचनमा मतदानका लागि योग्य भएको जानकारी दिनुभयो ।कुल मतदाता मध्ये करिब २० लाख नागरिक विदेशमा रहेको पनि उहाँले बताउनु भयो । उनीहरुका लागि पनि विदेशमै मतदानको व्यवस्था मिलाइएको छ ।

मतदानका लागि देशभित्र ९७ हजार मतदान केन्द्र तोकिएकोे छ भने विदेशमा रहेका रुसी नागरिकका लागि पनि चार सय भन्दा बढी मतदान केन्द्रको व्यवस्था गरिएको बताइएको छ । झण्डै १५ सय अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरुले निर्वाचनको अनुगमन गरिरहेका पनि अधिकारीले जानकारी दिएका छन् । ती अनुगमनकर्ताहरु १०९ देशबाट आएका हुन् ।

रुसका वर्तमान राष्ट्रपति भ्यादिमिर पुटिनसहित आठ जना उम्मेदवार राष्ट्रपति पदका लागि चुनावी मैदानमा हुनुहुन्छ । पुटिन स्वतन्त्र उम्मेदवार बनेर उठ्नु भएको छ । उहाँसँग प्रतिश्पर्धा गर्न लिवरल डोमोक्र्याटिक पार्टी अफ रसिया (एलडीपीआर) को तर्फबाट भ्लादिमिर झिरिनोम्सक्याफ्रम र कम्युनिष्ट पार्टी अफ द रसियन फेडेरेसन (सिपीआरएफ)को तर्फबाट व्यापारी पाभेल ग्रुडीनीन, याब्लोको पार्टीबाट ग्रिगोरी याभ्लीङकी लगायतले उम्मेदवारी दिनुभएको छ ।

मतदानको दुइ दिनअघि रुसी जनतालाई विषेश सम्बोधनगर्दै राष्ट्रपति पुटिनले रुसको भविश्यका लागि मतदान गर्न आह्वान गर्नु भएको थियो । रुसको संघीय संविधानअनुसार राष्ट्रपतिको कार्यकाल छ वर्षको हुनेछ । राष्ट्रपतिको उम्मेदवार हुनका लागि ३५ वर्ष पुगेको हुनुपर्ने, मतदाता नामावलीमा नाम भएको हुनुपर्ने लगायतका मापदण्डहरु तोकिएको छ ।

चीन र रुसी राष्ट्रपतिसँग डोनाल्ड ट्रम्पको वार्ता: ‘नयाँ ढंगले सम्बन्ध सुधारौं’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत...

बङ्गबन्धु

बङ्गबन्धुमा नेपालको पहिलो भेट ताजाकिस्तानसँग

यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु...

मलेसिया

मलेसियामा धरपकड: ‘गैरकानुनी’ कामदार धमाधम समातिँदै

मलेसियाले पछिल्लो समय गैरकानुनी आप्रवासी कामदारहरूलाई लक्षित गर्दै धमाधम...

भारत

एसिया कप : पाकिस्तानलाई पराजित गर्दै भारत फाइनलमा

भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ भने...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK