रुपन्देही सेवा समाजको तिज बिशेष कार्यक्रम

ENGLISH

NRN GLOBAL

रुपन्देही सेवा समाजको तिज बिशेष कार्यक्रम

23 July, 2016 | arjun baral | 1660 Views | comments

seewa samaj

भुपराज बस्याल, युएई-  रुपन्देही सेवा समाजले तिजको अवसरमा आयोजना गरेको तीज बिशेष साँझल २०७३ को तयारी तिब्र पारेको छ । हरितालिका तिजको अवसरमा सेप्टेम्बर नौ तारिकमा बरदुबईको ईम्पेरियल स्विट होटलमा आयोजना गरिएको कार्यक्रमको तयारीका लागि टिकट वितरण तथा प्रचार प्रसारको कार्यक्रम संगसंगै अगाडी बढाईएको समाजका अध्यक्ष हरि प्रसाद चापागाईले जानकारी दिनु भयो ।

आवुधावी, शारजहा, अजमान लगायतका क्षेत्रमा शाखा बिस्तार गरि रहेको रुपन्देही सेवा समाजले शाखा विस्तार संगै कार्यक्रमको प्रचार प्रसारलाई पनि तिब्र पारि रहेको छ ।

कार्यक्रममा बैदेशिक रोजगारीका क्रममा युएईमा रहेका कलाकार संगै नेपालबाट पनि चर्चित कलाकार ल्याईने संस्थाका पुर्ब अध्यक्ष बिष्णु सापकोटाले जानकारी दिनु भयो ।

कार्यक्रममा आफ्नो प्रस्तुती राख्न नेपालबाट चर्चित गायिका पूर्णकला बिसी र रुपा घर्ती मगर आउदैछन् । युएईमा रहेका गोपिकृष्ण पंगेनी, हरि डुम्रे, छविकिरण भटटराई, सरिता न्यौपाने, लक्ष्मी शर्मा, दिया कुँवर, दीपिका ज्ञवाली लगायतका कलाकारको पनि नृत्य र गित प्रस्तुत रहने आयोजकले जानकारी दिएको छ ।

समाजले अघिल्लो बर्ष पहिलो प्रस्तुतीका रुपमा नेपालबाट रामजी खाँड, मञ्जु पौडेल, कलम गाउँले लगायतका कलाकारलाई ल्याएर कार्यक्रम गरेको थियो । पहिलो बर्षको कार्यक्रम भब्य रुपमा सम्पन्न भएपछि समाजले तिज बिषेश कार्यक्रमलाई यो बर्ष पनि निरन्तरता दिएको हो ।

रुपन्देही सेवा समाज युएई अबुधाबी क्षेत्रीय समिति गठन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK