रुइसेदेखि धौलागिरि आइसफल क्षेत्र नयाँ पर्यटकीय गन्तव्य

ENGLISH

TRAVEL

रुइसेदेखि धौलागिरि आइसफल क्षेत्र नयाँ पर्यटकीय गन्तव्य

2 November, 2018 | Sandeep Bhattarai | 3475 Views | comments

रुइसेदेखि धौलागिरि आइसफल क्षेत्र नयाँ पर्यटकीय गन्तव्य

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुइसेदेखि धौलागिरि आइसफल क्षेत्रलाई सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरेको छ ।

ओझेल परेका पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न सरकारले घोषणा गरेको १०० नयाँ पर्यटकीय गन्तव्यमा रुइसेडाँडादेखि धौलागिरि आइसफल क्षेत्र समेटिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ पर्यटकीय गन्तव्यको सूचीमा रुइसे हुँदै धौलागिरि आइसफल क्षेत्र समेटिनुले यस क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिएको रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष रिमबहादुर कटुवालले बताउनुभयो ।

“अहिलेसम्म ओझेल परेको यो क्षेत्र सरकारको प्राथमिकतामा परेको छ, स्थानीयस्तरबाट भएका प्रयास सार्थक बन्दैछन् ”, उहाँले भन्नुभयो । रुइसे हुँदै धोलागिरि आइसफलसँगै सरकारले म्याग्दीकै घोरेपानी पर्यटकीय क्षेत्रलाई समेत नयाँ गन्तव्यको सूचीमा राखेको छ । पुनहिल, गलेश्वर र तातोपानीलाई स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने गन्तव्य सूचीमा राखेको छ ।

रघुगङ्गा गाउँपालिकाको वडा नं १, २, ३, ४ र ७ को सीमा क्षेत्रलाई समेटिएको रुइसेदेखि धौलागिरि आइसफल क्षेत्र धौलागिरि र अन्नपूर्णक्षेत्रका हिमालको अवलोकनका लागि उत्तम मानिन्छ । सो मार्ग म्याग्दीबाट मुस्ताङ निस्कने वैकल्पिक नयाँ पदमार्गसमेत हो । धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारका रुपमा रहेको रुइसेमा रघुगङ्गा गाउँपालिकाले भ्यूटावर निर्माण शुरु गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यअनुसार मन्त्रीस्तरको निर्णयबाट छनोट गरिएका १०० नयाँ पर्यटकीय गन्तव्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिश गरिएका हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६०० भन्दाबढी स्थान प्रस्तावित भएकोमध्ये मन्त्रालयले विभिन्न आधार तयार गरी छनोट गरेको हो ।

‘नेपाल भ्रमण वर्ष’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्ने गरी नयाँ गन्तव्यको प्रवद्र्धन र विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न शुरुआत गर्नेछ । नयाँ गन्तव्य प्रवद्र्धन गर्न सरकारले रु ५० करोड छुट्याएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK