राष्ट्रिय टोलीमा नपरेपनि क्रिकेटको विकासको लागि लडिरहन्छु : खकुरेल (भिडियो अन्तर्वार्ता)

ENGLISH

INTERVIEW

राष्ट्रिय टोलीमा नपरेपनि क्रिकेटको विकासको लागि लडिरहन्छु : खकुरेल (भिडियो अन्तर्वार्ता)

15 September, 2016 | Sandeep Bhattarai | 1875 Views | comments

सुभाष खकुरेल

नेपाली क्रिकेटमा सुभाष खकुरेलको पहिचान बेग्लै छ । सुभाष नेपालका ओपनर ब्याट्सम्यान र विकेटकिपर हुन् । यति मात्र हैन उनको नाममा कीर्तिमान पनि बनेका छन् । विश्वकप टि ट्वान्टीमा नेपालको तर्फबाट पहिलो अर्धशतक बनाउने उनी नेपालको पहिलो खेलाडी हुन् ।

त्यस्तै उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पनि सबैभन्दा बढी रनको शतक बनाउने कीर्तिमान छ । खकुरेलले विश्व क्रिकेट लिग डिभिजन ४ मा उनले अमेरिका विरुद्ध १०५ बलको सामना गरी ११५ रन बनाएका छन् जुन अहिले नेपाली खेलाडीले बनाएको अहिलेसम्मकै उच्च रन हो ।

यतिबेला खकुरेल एनपीएलको तयारीमा व्यस्त छन् । उनी केही समययता राष्ट्रिय टोलीमा नियमित पर्न सकेका छैनन् । खकुरेल टोली पर्नु नपर्नु छुट्टै कुरा भए पनि क्रिकेटमा देशको लागि केहि गर्नु नै आफ्नो लक्ष्य रहेको न्युज एनआरएनलाई बताए

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाली क्रिकेट संघ (क्यान)को निलम्बनको निर्णय फिर्ता लिने तयारीलाई नेपाली क्रिकेटको लागि निकै उपयोगी रहेको बताउने खकुरेल क्रिकेटलाई विकास गर्न नेपाल सरकारले भौतिक पूर्वाधारका सहित क्रिकेटमा लगानी गरे नेपालको क्रिकेटको उचाईंमा रहनेमा विश्वस्त छन् ।

लामो समयदेखि नेपाली ओपनिङ्गमा चल्नन सकेको छैन । नेपालको जीतमा मध्यक्रमका ब्याट्सम्यानहरुको योगदान रहेको छ । यस्तोमा खकुरेल भने विकेटलाई दोष दिन्छन् । खकुरेलले विश्व टि ट्वान्टी क्रिकेटमा आफूले अर्धशतक हानेको थाहा नपाएर उनकै साथमा क्रिजमा रहेको शरद भेषवाकरले भनेको बताए ।

क्रिकेटको नाममा मानव तस्कर भएको विषय लज्जास्पद भएको टिप्पणी गर्ने खकुरेल जापानमा क्रिकेटको रुपमा मानव तस्करले नेपाली क्रिकेटको इमेज नराम्रो बनाएको बताए । नेपाली क्रिकेटको भावी योजना र क्रिकेटको विकासको लागि के गर्न सकिन्छ भन्ने विषयमा यिनै क्रिकेटरसंग न्युज एनआरएनका लागि सन्दीप भट्टराईले गरेको कुराकानीको भिडियो यहाँ प्रस्तुत छ-

यो पनि हेर्नुस – नेपाली क्रिकेटको स्तर खस्केको मान्न मिल्दैन :टमाटा (भिडियो अन्तर्वार्ता)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK