राष्ट्रिय एकता दिवस जापानमा पनि मनाईयो

ENGLISH

NRN GLOBAL

राष्ट्रिय एकता दिवस जापानमा पनि मनाईयो

11 January, 2017 | Sandeep Bhattarai | 1155 Views | comments

राष्ट्रिय एकता दिवस

२९५ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस जापानमा एक भव्य कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

राप्रपाको भातृसंगठन प्रवासी नेपाली संगठन ओनो जापानको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले नेपाल एकिकरणका योद्धा तथा कमाण्डर पृथ्वी नारायण शाहको योगदान नेपालीहरुले कहिल्यै भुल्न नहुने भनाई राखेका थिए ।

वक्ताले नेपालको राष्ट्रिय एकता, अखण्डता, देशको रक्षा तथा आर्थिक विकासका लागि फेरी नेपालमा पृथ्वी नारायण जस्ता महापुरुषको खाँचो औल्याएका थिए । ओना जापानका उपाध्यक्ष सन्तोष सिलवालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ओनो जापानका निर्वतमान अध्यक्ष रघुदीप खडका, भक्ती दर्शन टेलिभिजनका निर्देशक केदार तिम्सिना, एनआरएनए आईसीसी सदस्य कपिल देव थापा, कलेन्द्र विक्रम शाही, युवा व्यवसायी दीपक सुवेदी तथा सुशिल वीर जवरा लगायतले मन्तव्य राख्नु भएको थियो ।

विदुशी सपना माताको प्रमुख आथित्यमा भएको कार्यक्रम विरेन्द्र पौडेलले संचालन गर्नुभएको थियो भने सभापतित्व ओनो जापानका अध्यक्ष चन्द्र उपाध्यायले गर्नुभएको थियो । कार्यक्रममा पृथ्वी नारायण शाहको तस्वीरमा माल्यार्पण गरिएको थियो ।

ओनो जापानको कान्तो समितिमा विक्रम क्षेत्री
यसैवीच ओनो जापानले कान्तो क्षेत्रिय समिति समेत विस्तार गरेको जनाएको छ । नेपाली मुराहल सिनोकुवोमा भएको कार्यक्रममा संगठनको कान्तो क्षेत्रीय समिति संयोजकमा विक्रम क्षेत्रीलाई चयन गरेको हो । यस्तै सोही समितिको उपसंयोजकमा नवीन बाँनिया सहित १३ सदस्यीय कमिटि गठन भएको ओनो जापानका उपाध्यक्ष सन्तोष सिलवालले नेपाल जापान डटकमलाई जानकारी दिनुभयो  ।

नेदरल्याण्ड्समा राष्टिय एकता तथा मेलमिलाप दिवस मनाइयो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK