राष्ट्रपति रनिङ सिल्ड प्रतियोगताको आठौँ संस्करण वैशाखमा

ENGLISH

SPORTS

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगताको आठौँ संस्करण वैशाखमा

31 March, 2016 | Bipin Acharya | 450 Views | comments

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगताको आठौँ संस्करण वैशाखमा काठमाडौँमा हुने भएको छ ।

प्रतियोगिता वैशाख २२ देखि २४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र कभर्डहलमा हुनेछन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, उसु, कराते र तेक्वान्दो गरी छ खेल समावेश रहने तथा सबै खेल गरेर ५४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने खेलकुद प्रतियोगिता तथा योजना विभागका अधिकृत एवम् राष्ट्रपति रनिङ सिल्ड समन्वय समितिका सचिव मीनकुमार शर्माले जानकारी दिनुभयो ।

समग्रमा टोलीमा पहिलो हुनेले रु २५ हजार, दोस्रोले रु २० हजार तथा तेस्रोले रु १५ हजार पुरस्कार हात पार्ने छन् । टोलीमा एथलेटिक्स, भलिबल र पहिलो पटक समावेश गरिएको कबड्डीको पदकको मात्र अङ्क गणना गरिने बताइएको छ ।

राष्ट्रिय रेकर्ड भङ्ग गर्नेलाई १० हजार नगदबाट पुरस्कृत गरिनेछ । टोली र व्यक्तिगत स्पर्धामा पहिलोदेखि तेस्रो हुने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डमा पहिलो हुने प्रत्येक विद्यालय टोलीलाई रु ५० हजार पुरस्कारसमेत प्रदान गरिनेछ ।
त्यस्तै, जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डमा सहभागी भएका सामुदायिक विद्यालयलाई प्रोत्साहनस्वरुप खेल सामग्री व्यवस्थापन गर्न नगद पनि प्रदान गरिने आयोजकले बताएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अमेरिकाको फ्लोरिडामा अग्नि ब्याण्ड स्थापना, पहिलो गीत सार्वजनिक (भिडियो सहित)

अमेरिकाको फ्लोरिडामा बस्दै आएका नेपाली युवाहरुले एक अग्नी नामक...

कृषिको आधुनिकीकरणमा इजरायले सहयोग गर्ने

नेपालका लागि इजराइलका राजदूत बेनी ओमरले नेपालको कृषि प्रविधिको...

टिगोर कार

पाउने भए सन्दीपले टाटा मोटर्सको टिगोर कार

भर्खरै मात्र इन्डियन प्रिमियर लिग(आइपिएल) मा उत्कृष्ट र प्रभावशाली...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK