राप्रपा भातृ संगठन ओनो जापानको एकता भेला टोकियोमा सम्पन्न

ENGLISH

NRN GLOBAL

राप्रपा भातृ संगठन ओनो जापानको एकता भेला टोकियोमा सम्पन्न

26 December, 2016 | Sandeep Bhattarai | 1165 Views | comments

ओनो जापान

राप्रपा नेपाल र राप्रपा बीच पार्टी एकिकरण भएसंगै राप्रपाको प्रवासी संगठन ओनो जापानको एकता भेला सम्पन्न भएको छ।

ओनो जापानका अध्यक्ष चन्द्र उपाध्यायको अध्यक्षतामा सम्पन्न भेलामा उपाध्यक्ष सन्तोष सिलवाल, महासचिव खगेन्द्र चापागाई लगायतले पार्टी एकिकरणको आवस्यक्ता र उद्देश्यबारे प्रस्ट पार्नुभएको थियो ।

भेलाले आगामी ८ तारिकका दिन पृथ्वी जयन्ती (एकता दिवस) भव्य रुपमा मनाउने समेत निर्णय गरेको छ । सो को लागि नेपाली मुरा हलमा १ बजे उपस्थितीको लागी सम्पूर्ण राष्ट्रवादी हरुलाई आव्हन गरेको छ ।

पार्टी एकिकरण संगै जापानमा सह–अध्यक्षमा सुशिल वीर जवरालाई सर्वसम्मत मनोनित गरेको छ । मनोनित भएसंगै सह–अध्यक्ष जवराले पार्टीको उद्देश्य, नीतिलाई कार्यान्वयन गर्न अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । यसैगरि पार्टी नेता कलेन्द्र बिक्रम शाहीले विश्वको हिन्दुहरुको एकमात्र आस्थाको केन्द्र नेपाल हिन्दु राष्ट्र हुनुपर्नेमा जोड दिनुभयो साथै पार्टीमा आस्था राख्नेहरुलाई प्रशिक्षण समेत दिनुभएको थियो ।

भेलाले कान्तोमा बिक्रम क्षेत्री, तोहोकुमा चेतबहादुर शाही र कान्साईमा सौरभ मल्लको संयोजकत्वमा क्षेत्रिय समितिहरु समेत गठन गरेको छ ।

ओनो जापानका अध्यक्ष चन्द्र उपाध्यायले देश अहिले इतिहासकै जटिल अवस्थामा पुगेको र राजनीतिक अस्थिरताका कारण विकासले गति लिन नसकेकोले देशको विकासको लागि पनि हामी प्रवासीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । जापानमा बसोबास गर्ने हरेक नेपालीको समस्यालाई ओनो जापानले सम्बोधन गर्ने पनि भेलाले निर्णय गरेको छ, यसबाट त्यहा रहेका र समस्यामा परेका धेरै नेपालीले राहतको महसुस गर्ने उपाध्यक्ष सन्तोष सिलवालले जानकारी दिनुभयो ।

प्रवासी नेपाली संघठन जापान ओनो जापानको एकता भेला हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK