राप्ती समाज जापानको अध्यक्षमा पुन: रेग्मी चयन

ENGLISH

NRN GLOBAL

राप्ती समाज जापानको अध्यक्षमा पुन: रेग्मी चयन

24 July, 2017 | Sandeep Bhattarai | 825 Views | comments

राप्ती समाज जापान

राप्ती समाज जापानको टोकियोमा सम्पन्न प्रथम अधिवेशनले रुकुमका विशेश्वर रेग्मीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जुलाई २३ तारिखमा भएको अधिवेशनले पदमप्रसाद भट्टराईको अध्यक्षमा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । अधिवेशनको अध्यक्षता विशेश्वर रेग्मी र कार्यक्रमको संचालन अशोक पुरीले गर्नु भएको थियो।

अधिवेशनले उपाध्यक्षत्रयमा राजन केसी, रवि पुन र विकास ओलीलाई चयन गरेको छ । त्यसैगरी महासचिवमा अशोक पुरी, सचिवमा शरद पोख्रेल, कोषाध्यक्षमा युवराज रेग्मी, सहकोषाध्यक्षमा ज्ञानकुमारी घर्ती र प्रवक्तामा नारायणप्रसाद गैरे चुनिएका छन् । सदस्यहरुमा मनराज विश्वकर्मा, राजेन्द्र केसी, केशव भण्डारी, तुल्सी बाँठामगर, पञ्चवीर चौधरी, शिवराज भट्टराई, सागर पुन, हरिलाल पुन, प्रकाश वली, ठगेन्द्रप्रकाश वली, रुपान्तर घर्ती, प्रेमप्रकाश रोकामगर, बसन्ती घर्तीमगर, रुपलाल मगर, भीम बुढाथोकी, टेकेन्द्रक्रिम शाह चयन भएका छन् । २ जना सदस्य पछि थप गरिने महासचिव अशोक पुरी ले जानकारी दिनुभो । यसै गरी सल्लाहकारमा डा. नेत्र प्रकास भण्डारी, अर्जुन केसी, एकता केसी, आकाश प्रधान हुनुहुन्छ।

अधिवेशनमा २०१३ देखि हालसम्म गरिएका कार्यक्रमको समिक्षा गरिएको थियो । त्यस अवसरमा कार्यपत्र र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने विधान लाई सर्वसम्मत पारित गरिएको थियो । अधिवेशनले आगामी कार्यक्रमको तर्जुमा गर्दै राप्तीबासी र समग्र राप्तीको विकासका लागि केन्द्रित रहने कुरामा जोड दिइएको छ । जापानमा छरिएर रहेका सम्पूर्ण राप्तीबासीहरू एक जुट भई राप्तीको विकासमा जोड दिने सबैको प्रतिबद्धता रहेको थियो । अधिवेशनले नेपालका अल्ट्राधावक तथा पर्वतारोही सञ्जय पण्डितको निधनप्रति श्रद्धान्जली पनि व्यक्त गरेको छ ।

अनिताद्वारा एनआरएनए जापानको महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK