राजेश हमाल जोडी ‘’जात्रा २’ को प्रतिक्षामा (भिडियो)

ENGLISH

ENTERTAINMENT

राजेश हमाल जोडी ‘’जात्रा २’ को प्रतिक्षामा (भिडियो)

29 November, 2016 | Sandeep Bhattarai | 940 Views | comments

'जात्रा २’ को प्रतिक्षामा राजेश हमाल जोडी

नायक राजेश हमालले ‘जात्रा २’ को प्रतिक्षामा रहेको बताएका छन् । तेश्रो सातामा प्रर्दशनरत चलचित्र ‘जात्रा’ हेरेपछि जात्रा २ को प्रतिक्षामा रहेको बताएका हुन् ।

जीवनसाथी मधु भट्टराईसँग ‘जात्रा’ हेर्न कुमारी हल पुगेका हमालले कथाले अन्तिमसम्म नै बाँधेर राखेको प्रतिक्रिया दिएका छन् । “निकै मज्जाले हँसायो, दर्शकहरुले निकै मनोरञ्जन लिएको पाएँ,” उनले भने । आफ्नो साथीले फिल्मको निकै प्रशंसा गरेको सुनेर फिल्म हेर्न आएका हमाल जोडीले विवाह पछिसँगै बसेर हेरेको जात्रा, दोश्रो फिल्म हो ।

मधु भट्टराईले भनिन्, “विवाह हुनुअघि त बेलाबखतमा हलमा गएर फिल्म हेर्न सँगै जान्थ्यौँ, विवाह पछि ‘बाग्मति’ भन्ने फिल्म हेरेका थियौँ ।” बाग्मति भन्दा जात्रा धेरै वास्तविक र राम्रो लागेको हमाल दम्पत्तिको प्रतिक्रिया छ । ‘जात्रा’को कथालाई लम्ब्याएर ‘जात्रा २’ निर्माण गर्न सकिने सम्भावना पनि रहेको उनीहरुले सुझाव दिएका छन् । उनीहरुको सुझावलाई सकारात्मक रुपमा लिइएको निर्देशक प्रदिप भट्टराईले बताएका छन् ।

तर, निर्माता एवं कलाकार रबिन्द्रसिंह बानियाँले भने ब्याजसहित फिल्मले लगानी उठाइसकेको भन्दै ‘जात्रा’ भन्दा राम्रो स्कृप्ट बनेको खण्डमा मात्र ‘जात्रा २’ बन्ने स्पष्ट गरेका छन् ।

हेर्नुहोस् भिडियो ।

जात्राले दिने भयो दर्शकलाई यस्ता उपहार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK