राजेशलाई कमजोर भन्नेलाई ट्विङकल पछि डिम्पलको यस्तो जवाफ

ENGLISH

ENTERTAINMENT

राजेशलाई कमजोर भन्नेलाई ट्विङकल पछि डिम्पलको यस्तो जवाफ

28 July, 2016 | Bhawana Pathak | 1150 Views | comments

बलिउडका दिवंगत अभिनेता राजेश खन्नाको चर्चा अहिले मिडियामा छाएको छ । केहि दिन अघि मात्रै राजेशका बारेमा अभिनेता नसीरुद्दीन शाहले दिएको एक वयान पछि राजेश चर्चामा छन् ।

dimple

नसीरको वयानमा विराध जनाउँदै अभिनेत्री अर्थात राजेशकी छोरी ट्विङकल खन्नाले ट्विटर मार्फत जवाफ फर्काएकी थिईन् । उनले नसीरलाई सम्बोधन गर्दै – सर यदि तपाईँ जिवित व्यक्तिहरुको सम्मान गर्न सक्नुहुन्न भने ठिकै छ । कमसे कम तिनको सम्मान गर्नुहोस् । जो यस संसारमा छैन र तपाईँको यस कुराको जवाफ फर्काउने हालतमा पनि छैन ।

डिम्पलको जवाफ
ट्विङकलले दिएको जवाफ पछि राजेशकी पत्नी अभिनेत्री डिम्पल कपाडीयाले पनि यस बारेमा बोलेकी छिन् । हालै दिएको एक अन्र्तवार्तामा सबैलाई आफ्नो कुराहरु राख्ने र भन्ने अधिकार छ, भन्दै उनले राजेश खन्ना र उनको करियरले नै उनीहरु बारे सबै देखाउने पनि बताईन् । “त्यसकारण, हिन्दी फिल्मका मामिलामा आफ्ना पतिको उपलब्धी गन्न आवश्यक छैन । हरेकलाई थाहा छ राजेश खन्ना कस्तो व्यक्ति हो । र उनको योग्यता के हो,”उनले थपिन् ।

के भनेका थिए

नसीरले ?
अभिनेता नसीरुद्दीनले राजेश खन्नलाई कमजोर अभिनेता भनेका थिए । उनले राजेश खन्नाका कारण हिन्दी फिल्ममा गीरावट आएको, जसले गर्दा सामान्य विषयमा फिल्महरु बन्न थालेको समेत आरोप लगाएका थिए । राजेश खन्ना ७० को दशका चर्चित अभिनेता हुन् । उनको अभिनयले सबैको मन जितेको थियो । नसीरले राजेशका बारेमा अगाडी बोल्दै भनेका थिए – “७० को दशकमा पनि औसत दर्जाका फिल्महरु बन्थे । त्यहि समय राजेश खन्ना आए । उनी सफल भए । तर मेरो लागि उनी सिमित कलाकार थिए । मेरा लागि उनी एक कमजोर अभिनेता थिए ।”

नसीरका अनुसार फिल्म उद्योगमा केहि पनि बदलाव आएको छैन । ५० बर्षमा को अन्तरालमा फोटोग्राफी र ईडिटिङ छाडेर सबै उस्तै छ । ७० को दशकदेखि म्युजिक, एक्टिङ र गीतहरु बिग्रन थाले । त्यसबेला देखि रंगीन फिल्म बन्न थालेका थिए । एक अभिनेत्रीलाई पर्पल कलरको ड्रेस लगाईन्थ्यो । हिरोलाई रातो कलरको लुगा लगएर कश्मीरमा शुट गरेर फिल्म बनाईन्थ्यो । कथा नसोची फिल्म बन्थे । पछि त्यहि फेज बनेको थियो । उनलाई लाग्छ राजेश खन्नाले केहि गर्नुपरथ्यो । किनकी उनी त्यस बखत बलिउडका भगवान थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK