राजेन्द्र महतोले वीरगञ्जमा प्रचण्डको पुत्ला जलाए, मधेसमा आन्दोलन सुरु

ENGLISH

POLITICS

राजेन्द्र महतोले वीरगञ्जमा प्रचण्डको पुत्ला जलाए, मधेसमा आन्दोलन सुरु

21 February, 2017 | Bhawana Pathak | 820 Views | comments

आफ्ना मागहरु सम्बोधन नगरी सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै मधेसी मोर्चाले तराईमा आन्दोलन थालेको छ ।

??????????????????????????????????????????????????????????

मंगलबार विहान पर्साको वीरगञ्जस्थित घण्टाघर चोकमा मोर्चाका कार्यकर्ताले विरोध प्रर्दशन गर्दै आन्दोलनको सुरुवात गरेका हुन् ।

सद्धभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको उपस्थितीमा सुरु गरिएको आन्दोलनको पहिलो दिन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाइएको छ । पुत्ला दहनसँगै मोर्चाका कार्यकर्ताले प्रचण्डलाई ‘दलाल’को संज्ञा दिँदै सरकार विरुद्ध नारा जुलुस गरेका थिए ।

सद्धभावना महासचिव मनीष सूमनका अनुसार आन्दोलनको उद्घाटन गर्न महतो काठमाडौंबाट मंगलबार विहानै वीरगञ्ज पुगेका थिए ।

त्यसैगरी मोर्चाका कार्यकर्ताले तराईका हाट बजार र सदरमुकाममा मसाल जुलुस निकालिरहेका छन् ।

संविधान संशोधनमार्फत पहिला मधेसका मागहरु सम्बोधन हुनुपर्ने अडान राख्दै मोर्चा सरकारले संशोधनअगावै निर्वाचन मिति घोषणा गरेपछि आन्दोलनमा उत्रिएको हो ।

आन्दोलनअन्तर्गत मोर्चाले बुधबार तराई बन्द र विहीवारदेखि १५ दिनसम्म गाउँ, नगर र सदरमुकाममा भण्डाफोर कार्यक्रम गर्नेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK