राजेन्द्र खड्गीको शरीरमा छ १२ लाखको सुन ,सिक्री मात्रै ११ तोलाको

ENGLISH

ENTERTAINMENT

राजेन्द्र खड्गीको शरीरमा छ १२ लाखको सुन ,सिक्री मात्रै ११ तोलाको

24 January, 2017 | Bhawana Pathak | 825 Views | comments

आफूले द्धन्द निर्देशन गरेका सिनेमाको सङख्या चार सय ५० सम्म गनेको थिएँ त्यसपछि गन्नै छाडेँ, भन्छन् द्धन्द निर्देशक राजेन्द्र खड्गी । उनले द्धन्द निर्देशन गरेका सिनेमाको सङख्या भने पाँच सय कटिसकेको छ ।

rajendra khadgi

राजेन्द्र विश्वमै सबैभन्दा धेरै सिनेमामा द्धन्द निर्देशन गर्ने निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाउने सोचमा पनि छन् । उनले अहिले सबैभन्दा धेरै द्धन्द निर्देशन गर्नेमा आफू परेको जानकारी पनि ईन्टरनेटबाट लिईसकेका छन् । अब सबै देशका द्धन्द निर्देशकले कति सिनेमामा निर्देशन गरेका छन् त्यसको जानकारी निकालेर गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेको जानकारी उनले हामीलाई गराए ।

उनको विचारमा सबैभन्दा धेरै सिनेमा निर्माण गरिने बलिउड र दक्षिण भारतीय सिनेमाका द्धन्द निर्देशकहरुले पनि तीन चार सय जति मात्रै सिनेमामा निर्देशन गरेका होलान् । यस हिसाबमा उनी सबैभन्दा धेरै सिनेमामा द्धन्द निर्देशन गर्ने निर्देशकमा पर्छन् ।

राजेन्द्र खड्गीले सिनेमामा द्धन्द निर्देशन त गर्छन् नै केही सिनेमामा उनी भिलेनको रुपमा पनि देखा पर्छन् । उनी भिलेन बनेका प्राय सिनेमाहरु सफल छन् । सिनेमामा भिलेनको रुपमा डरलाग्दा देखिने खड्गी वास्तविक जीवनमा पनि डरै लाग्दा छन् । उनको गेटअपले नै उनी भिलेन देखिन्छन् ।

५६ बर्षिय उनी सुन भनेपछि हुरुक्कै हुन्छन् । उनको हात र घाँटीमा सुनको मोटो सिक्री र ब्रासलेट देख्न सकिन्छ । हालै भएको भेटमा हामीले उनले लगाएको सुनको बारेमा कुराकानी गर्दा उनले आफूले यति धेरै सुन लगाउनुको कारण, पहेँलो रंग आफ्नो लागि लक्की भएको बताए ।

उनको शरीरमा २० तोला सुन छ । दाहिने हातमा ६ तोलाको ब्रासलेट, घाँटीमा ११ तोलाको सिक्री र ३ तोलाका २ वटा औँठी लगाएका छन् । पहेलो रङग शुभ भएका कारण उनले घडीमा समेत सुनको जलप लगाउन भ्याएका छन् । उनको शरीरमा २० तोला भन्दा धेरै सुन छ । जसलाई अहिलेको सुनको भाऊमा रुपान्तर गर्ने हो भने १२ लाख जति हुन आउँछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK