राजधानीमा बिम्स्टेकको चौथौं शिखर सम्मेलन शुरु

ENGLISH

POLITICS

राजधानीमा बिम्स्टेकको चौथौं शिखर सम्मेलन शुरु

30 August, 2018 | Sandeep Bhattarai | 7955 Views | comments

बिम्स्टेक शिखर सम्मेलन शुरु

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज(बिहिबार) राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै सम्मेलन प्रारम्भ भएको घोषणा गर्नुभयो ।

अध्यक्षको आसनबाट उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले बिम्स्टेकको गहन एकीकरणको अपरिहार्यतामा जोड दिँदै शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध बिम्स्टेक क्षेत्र बनाउन सबै सदस्य मुलुकबाट आवश्यक प्रयास हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा नेपालसहित सात वटै सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख सहभागी हुँदै हुनुहुन्छ । शिखर सम्मेलनमा म्यान्माका राष्ट्रपति विन मिन्त र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आआफ्नो मुलुकको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ ।

त्यसैगरी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा नेतृत्वको प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी भएको छ ।
सम्मेलनमा कायममुकायम प्रधानन्याधीश, सङ्घीय संसद्का सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, बिम्स्टेकका महासचिव, नेपाल सरकारका वरिष्ठ अधिकारीलगायत उपस्थित हुनुहुन्छ ।

शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमानुसार सम्बोधन गर्दै हुनुहुन्छ । ‘शान्त, समृद्ध र दिगोपनातर्फ उन्मुख बंगालको खाडी क्षेत्र’मा केन्द्रित रहेर उहाँहरुले आफ्ना अभिव्यक्ति प्रकट गर्नुहुनेछ । काठमाडौँ घोषणापत्र जारी गर्दै शुक्रबार अपराह्न शिखर सम्मेलन समापन हुनेछ । सम्मेलन समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलङ्काले गर्नेछ । यसअघि सन् २००४ मा थाइल्याण्ड, २००८ मा भारत र २०१४ मा म्यान्मामा बिम्स्टेक शिखर सम्मेलन भएको थियो ।

बिम्स्टेकको संयुक्त कार्यदलको बैठक सुरु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK