राजदुत कार्कीलाई अस्थाई सुरक्षित दर्जा (टीपीएस) सम्बन्धि ज्ञापन पत्र बुझाईयो

ENGLISH

NRN GLOBAL

राजदुत कार्कीलाई अस्थाई सुरक्षित दर्जा (टीपीएस) सम्बन्धि ज्ञापन पत्र बुझाईयो

10 September, 2016 | Sandeep Bhattarai | 1325 Views | comments

विजय थापा ,वाशिंगटन डिसीअमेरिकामा सक्रिय रहेका नेपाली सामाजिक संघ तथा संस्थाको पहलमा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि )लाई वाशिंगटन डिसी स्थित नेपाली दुताबासमा अस्थाई सुरक्षित दर्जा (टीपीएस) सम्बन्धि ज्ञापन पत्र बुझाईएको छ l

अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की

सामुहिक रुपमा बुझाईएको उक्त ज्ञापन पत्रमा अस्थाई सुरक्षित दर्जा (टीपीएस)को म्याद गुज्रने अवधि आगामी डिसेम्बर २१ तारिख रहेकोले नेपाली दुताबास मार्फत अमेरिकन सरकार समक्ष उक्त अनुरोध पुर्याउन आग्रह गर्दै उक्त ज्ञापन पत्र राजदुत कार्कीलाई बुझाईएको हो l

राजदुत कार्कीले ज्ञापन पत्र बुझ्दै सकारात्मक रुपमा आगामी सोमबार नै यस बिषयमा अमेरिकन सरकार र सम्बन्धित निकायमा पुर्याउने जानकारी गराउनु भयो l

नेपालले पाएको अस्थाई सुरक्षित दर्जा (टीपीएस) सुबिधा अनुसार भूकम्पबाट पिडित तथा प्रभावित भएका आफन्त संग भेटघाट गर्न पाएको तथा अमेरिकामा कानुनी रुपमा काम गर्ने स्वीकृत पाएकाले परिवारलाई आर्थिक सहयोग गरेको कुरा समेत उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ l

गत बर्ष जुन २४ ,२०१५ तारिख सम्म कागज नभएका नेपालीलाई दिएको सुबिधा केवल १८ महिनाको लाई दिएकोमा आगामी डिसेम्बर २१ तारिखमा म्याद सकिने भएकोले नबिकरणको लागी ध्यानाकर्षण गर्न न्युयोर्क ,म्यारिल्याण्ड ,भर्जिनिया तथा डिसी बाट प्रतिनिधिमंडल दुताबास पुगेका थिए l

नेपाल गएर फर्केका कसैलाई कुनै कानुनी अड्चन बिना अमेरिकन सरकारले अमेरिका आउन दिएको भन्दै शिघ्र अमेरिकाको होमल्याण्ड सुरक्षा बिभागलाई यस बारे आवश्यक कार्यको पहल गर्न नेपाली दुताबास मार्फत प्रतिनिधिमंडलले अनुरोध गरेको छ l

उक्त ज्ञापन बुझाउन सहभागी हुनेहरुमा महा बाणिज्य दुत प्रेम राजा महत ,कानुन ब्यबसायी डिल्ली राज भट्ट ,नेपाल जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट ,नेपाल प्रवासी मंच अमेरिकाका अध्यक्ष संजय थापा ,जनजति महासंघ अमेरिकाका अध्यक्ष लुई साङ्ग वाईबा ,गैर आवासीय नेपाली संघ अमेरिकाका पुर्व उपाध्यक्ष श्री पराजुली ,बानाका पुर्व महा सचिब तथा सल्लाहाकार प्रभुराम थापा , पानसका अध्यक्ष तलोकनाथ तिवारी,गैर आवासीय नेपाली संघका संरक्षक डा देव काजी डंगोल ,बेद प्रसाद खरेल तथा संचार कर्मी राम चन्द्र खरेल रहेका थिए l

यो पनि हेर्नुस – अमेरिकामा एकता दिवसको माँग राख्दै राजदुत कार्कीलाई ज्ञापन पत्र

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK