रसियाली वेबसाइट रोक्नमा मस्कोको हात -युक्रेन

ENGLISH

WORLD

रसियाली वेबसाइट रोक्नमा मस्कोको हात -युक्रेन

18 May, 2017 | Bhawana Pathak | 590 Views | comments

युक्रेनको राष्ट्रपतिको कार्यालयले आफ्नो वेबसाइटमा रसियाको आक्रमण भएको बुधबार जनाएको छ । मस्कोबाट सञ्चालित प्रसिद्ध सामाजिक सञ्जालमाथि युक्रेनमा प्रतिबन्ध लगाइएपछि रसियाद्वारा युक्रेनी वेबसाइटमा नै आक्रमण गरेको कीभको भनाई छ ।

“हामीले मस्कोबाट सञ्चालनमा ल्याइएको एक सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछिको रसियाली प्रतिक्रिया देखिरहेका छौँ,” राष्ट्रपति पेट्रो पोरोसेन्कोका प्रशासन उपप्रमुख दिमित्री सिमकिव मङ्गलबार राति फेस बुकमा पोस्ट गरेको विज्ञप्तिमा जनाइएको छ । “राष्ट्रपतिको वेबसाइटमा निरन्तररुपमा सङ्गठित रुपमा आक्रमण भएको छ ।”

“प्रविधि विशेषज्ञहरुले वेबसाइटको अवस्थालाई नियन्त्रणमा लिएका छन् त्यसैले अब वेबसाइटमाथि कुनै खतरा रहेको छैन,” सिमकिवले बताउनुभयो । बुधबार वेबसाइट सञ्चालनमा आइसकेको उहाँले थप्नुभयो ।

यता रसियाली प्रशासन केन्द्र क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले किभको आरोप आधारहीन भएको भनी खण्डन गर्नुभएको छ । सञ्चारकर्मीसँगको कुराकानीमा पेस्कोभले भन्नुभयो, “युक्रेनको दाबीमा कुनै विश्वासयोग्य आधार केही छैन, यो केवल रसियामाथिको आधारहीन आरोप मात्र हो ।”

युक्रेनी प्राविधिक विज्ञ तथा पश्चिमा मुलुकले पटकपटक कहिल्यै आक्रमणको तथ्य दिन नसक्ने गरेका तर रसियाली समूह वा रसियाली सरकारसँग निकट स्रोतमाथि आरोप भने लगाउने गरेको रसियाली दाबी छ ।

युक्रेनले मङ्गलबार युक्रेनीहरुबीच निकै प्रसिद्ध रहेको सामाजिक सञ्जाल र इन्टरनेट खोजी गर्ने यन्त्रलाई प्रतिबन्धित गरेको थियो । युक्रेनद्वारा पछिल्ला तीन वर्ष यता रसियाद्वारा युक्रेनी पृथकतावादी युद्धलाई पूर्वी युक्रेनमा समर्थन गर्दै आएपछि क्रिमियालाई रसियामा बिलय गरेपछि रसियाद्वारा सञ्चालित सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको बताइन्छ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK