रविन्द्र मिश्र कतार जाँदै

ENGLISH

NRN GLOBAL

रविन्द्र मिश्र कतार जाँदै

2 September, 2015 | Sandeep Bhattarai | 795 Views | comments

rabindra-Mishra1रवि रोषी, दोहा ।वि.वि.सी. रेडियो नेपाली सेवाका समाचार प्रमुख रविन्द्र मिश्र सेप्टेम्बर २५ मा कतारमा हुन गईरहेको एक विशेष कार्यक्रमको लागि सेप्टेम्बर २३ मा कतार जाने भएका छन् । परोपकारी अभियान सञ्चालनमा ल्याएका मिश्र हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष समेत हुन् । मिश्रलाई कतारबाट सञ्चालनमा आएको परोपकारी पत्रकारिता र अभियानलाई बढि जोड दिंदै कतारबाट सञ्चालनमा आएको रेस्क्यु न्युज अनलाईन टिमले कतार आउने प्रवन्ध मिलाएको हो ।

कतारमा विभिन्न पेसामा आवद्ध व्यक्तित्वहरुले समय समयमा नेपालमा घटित दैवी विपत्तीको अवस्थामा आर्थिक, भौतिक सहयोग पुर्याई योगदान दिनेहरु, नेपालको विभिन्न दुर्गम जिल्लाको शिक्षा, स्वास्थ्य लगायत दीनदुखीहरुको उपचारको लागि उलेख्य सहयोग गरी योगदान दिनेहरुलाई सो विशिष्ट सम्मानबाट विभूषित गर्न लागिएको व्यवस्थापक तथा संरक्षक राजन श्रेष्ठले बताए ।

यसको अलावा कतारमा रहेर खेलकुद, साहित्य, गीत, संगीत, नृत्य तथा सामाजिक अभियानमा योगदान दिने व्यक्ति तथा संस्थाहरु, कतारमा अलपत्र परी घर जान नसकेका नेपालीजनलाई आर्थिक सहयोग तथा खाद्यान्न सहयोग गर्ने सहयोगदाताहरु, कतारमा नै दुर्घटनामा परी ज्यान गुमाउन पुगेकाका आश्रित परिवारलाई सहयोग गर्ने दानदाताहरु, कम्पनीको लापरवाहिले जागिरबिहिन भई मुलुक फर्किन नसकेका पिडित नेपालीहरुलाई हवाई टिकट दिएर सहयोग गर्ने सहयोगदाताहरु र विभिन्न जातिका साँस्कृतिक पहिचानलाई प्रवासमा पनि जिवन्त राख्न योगदान दिने व्यक्ति, समूह तथा संस्थाहरुलाई विशिष्ट आदर सहितको सम्मानपत्र परोपकारी अभियानका अभियन्ता रविन्द्र मिश्रको बाहुलीबाट प्रदान गरिने योजना रहेको बताएका छन् ।

कतारमा गर्न लागिएको सो विशिष्ट सम्मान कार्यक्रमको आयोजना रेस्क्यु न्युज अनलाईनले गर्न लागेको हो । यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न अनलाईन टिमका सम्पुर्ण व्यक्तिहरु आआफ्नो क्षेत्रबाट जिम्मेवारी निभाउनको लागि कामको फाँटबारी छुट्याईसकेको पनि व्यवस्थापक तथा संरक्षक राजन श्रेष्ठ र अध्यक्ष पुर्ण केसीले बताए ।

हामीले दुख परेका नेपालीहरुको विपद टार्न कतारमा माग्न मात्र जान्यौं । सहयोगी संस्था, समूह तथा दानदाताहरुको सहयोगको स्मरण, मूल्यांकन र कदर गर्ने परम्परा कहिलै थालनी गर्ने सोच नै बनाएनौं । दाताहरुको सम्मानको लागि यसो गरिनु न्यायिक हुने आशयले नै विशिष्ट सम्मान कार्यक्रम गर्न लागिएको हो, अध्यक्ष केसीले बताए ।

दोहाको होलिडे भिल्लामा हुन गईरहेको बृहद विशिष्ट सम्मान कार्यक्रम यहि आउँदो सेप्टेम्बर २५ तारिख शुक्रवारका दिन विहान १० बजेबाट प्रारम्भ हुने कुरा रेस्क्यु न्युजका टिम तथा यसका आयोजक पक्षले बताएको छ । सम्मान पाउने व्यक्तित्वहरुमा विगत १८ बर्ष देखि कतारमा रहेर नेपाली समाजको लागि अतुलनीय योगदान दिने व्यक्तित्व देखि लिएर सामान्य श्रमिक पेसामा आवद्ध सहयोगीहरु गरी करिब १८० जना जति व्यक्तित्व र संस्था सम्मान पाउने सूचीमा रहेको छ ।

यस अवधिमा संकलित अभिलेखमा छुटेका अन्य व्यक्ति, समूह संस्थाको योगदानको अभिलेख दुतावासबाट लिने काम र प्राविधिक कारणबाट छुुट्न गएका हरुलाई अर्को बर्षको यस्तै अभियानमा समेटेर सम्मान गर्ने कुरा अध्यक्ष केसीले बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कठै ! फेवाताल

कठै ! फेवाताल

फेवातालको किनारामा देखिएको फोहर । पोखराको पर्यटकीय आकर्षणको केन्द्र...

इपिएल

इपिएल : सुपर ओभरमा हार्यो पोखरा, विराटनगर सात रनले विजयी

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत मंगलबार भएको पहिलो खेलमा...

मेलबर्न फेस्टिबल

बुद्ध र सगरमाथाको देश भ्रमण गर्न अस्ट्रेलियन नेताद्धारा आग्रह

अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड पहिलो पटक १९९८ मा...

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK