रम्भा गाउँपालिकाको बजेट रु २८ करोड

ENGLISH

रम्भा गाउँपालिकाको बजेट रु २८ करोड

8 September, 2017 | Bhawana Pathak | 1215 Views | comments

पाल्पा जिल्लाको रम्भा गाउँपालिकाले रु २८ करोड २३ लाख ६८ हजार २८२ को बजेट विनियोजन गरेको छ ।

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बिहीबार पत्रकारसम्मेलनमार्फत प्रथम गाउँसभाबाट पारित गरिएका बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।

आर्थिक वर्ष २०७४÷७५ मा गतवर्षको बाँकी रकम रु ८३ लाख १५ हजार २८५, राजश्व बाँडफाँडतर्फ रु दश लाख, आन्तरिक स्रोत रु दश लाख, केन्द्रीय अनुदान रु २३ करोड ५३ लाख ५२ हजार, सामाजिक सुरक्षा रु तीन करोड ५० लाख, दलित बालपोषण रु १७ लाख गरी रु २८ करोड २३ लाख ६८ हजार २८२ बजेट विनियोजन गरेको भण्डारीले बताउनुभयो ।

गाउँपालिकालाई सडक सञ्जाल विस्तारका लागि रु दुई करोड ६८ लाख ९५ हजार, भवन निर्माणमा रु एक करोड ५२ लाख ६० हजार, खानेपानीमा रु ६१ लाख ३० हजार, फर्निचरमा रु १५ लाख, सिँचाइमा रु २१ लाख १० हजार, वातावरणमा रु चार लाख र खेलकुद रु १५ लाख ५० हजार बजेट विनियोन गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

त्यसैगरी, लक्षित वर्गमा रु ६५ लाख ५१ हजार, पर्यटनमा रु १२ लाख ५० हजार, कृषिमा रु नौ लाख २० हजार, उद्योगमा रु ६ लाख, विद्युत्मा रु ३२ लाख, विपद्मा रु दश लाख र विविधमा रु एक करोड ७० लाख ७० हजार गाउँपालिकाको विकास र समृद्धिका लागि बजेट छुट्याएको भण्डारीले बताउनुभयो ।

यसैगरी, मेसिनरी औजारमा रु १३ लाख ५० हजार, गाडी खरिदमा रु ५० लाख गरी १६ शीर्षकमा रु नौ करोड दुई लाख ४६ हजार बराबरको बजेट विनियोजन गरिएको छ । प्रशासनिक खर्चतर्फ रु पाँच करोड ११ लाख ७५ हजार, भैपरी आउनेमा रु २९ लाख १८ हजार २८२, वित्तीय अनुदान रु १० करोड १३ लाख २९ हजार, सामाजिक सुरक्षामा रु तीन करोड ५० लाख, दलित बालपोषणमा रु १७ लाख गरी रु १९ करोड २१ लाख २२ हजार २८२ बजेट गाउँपालिकाले विनियोजन गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

गाउँपालिकाको गाउँसभाले सडक, शिक्षा, खानेपानी, विद्युत्, कृषि, सिँचाइ, पर्यटन र स्वास्थ्यलाई प्रमुख प्राथमिकतासहित बजेट विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताउनुभयो । गाउँपालिकाले प्रत्येक वडामा रु ८० लाख बराबरका योजना वडास्तरबाट छनौट गर्नेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK