रक्सि नपिउने बलिउड सेलिब्रेटी

ENGLISH

ENTERTAINMENT

रक्सि नपिउने बलिउड सेलिब्रेटी

29 January, 2017 | Bhawana Pathak | 835 Views | comments

जोन अब्राहम रक्सि र चुरोटलाई हात पनि लागाउँदैनन् । उनी आफ्नो फिटनेसलाई धेरै महत्व दिन्छन् । यहि कारण अल्कोहलिक र सुर्तिजन्य पदार्थमा मन जान दिदैनन् उनी । उनी पुरै देशका युवाहरुको लागि एक उदाहरण बन्न चाहन्छन् । यहि कारण उनी सुर्तिजन्य र अल्कोहलिक पदार्थहरुको बिज्ञापनमा पनि काम गर्दैनन् । जोन लगायत बलिउडमा अन्य सेलिब्रेटीहरु पनि छन् जसले रक्सी पिउँदैनन् ।

john_abraham_deepika_padukone-wide-4-1

दीपिका पादुकोण
फिल्म ककटेलको गीतमा जड्याहा भएकी दीपिका वास्तविक जीवनमा भने रक्सिलाई हात लगाउँदिनन् । उनलाई अल्कोहलिक पदार्थहरु फिटिक्कै मन पर्दैन । फिटनेस र सुन्दरतालाई ध्यानमा राख्दै उनी यस्ता खानेकुराहरु बाट टाढा रहेको बुझिन्छ ।

अमिताभ बच्चन
अमिताभ बच्चनले धेरै फिलममा जड्याहाको भूमिका निभाएक छन् । तर उनले फिल्ममा जड्याहाको रोल रक्सि पिएर गरेका भने हैनन् । बलिउडका प्राय अभिनेता तथा अभिनेत्रीहरु रक्सि पिएरै जड्याहाको अभिनय गर्न मन पराउँछन् । तर अमिताभ अरु भन्दा अलग छन् । उनका अनुसार जड्याहाको अभिनय गर्नको लागि रक्सि पिउनु पर्ने आवश्यकता छैन । आफूले चरित्रलाई बझ्न सके हुन्छ ।

अभिशेक बच्चन
पिता जस्तै अभिशेक पनि रक्सि देखी टाढै रहन्छन् । उनलाई रक्सि पिउने कुरा राम्रो लाग्दैन । एक अल्कोहल ब्रान्डले उनलाई १० करोड दिएर ब्राण्ड एम्बेसडर बनाउन चाहेको थियो तर उनले नकारात्मक असर पार्ने बिज्ञापन गर्न नचाहने भन्दै यसका काम गरेनन् ।

बिपासा बसु
बलिउडकी काली सुन्दरी बिपाशा बसु पनि रक्सिलाई हात लागउँदिनन् । फिटनेस र स्वास्थ्य समस्याका कारण उनी रक्सिदेखी टाढा रहन्छिन् । फिटनेसमा सचेत बिपासाले फिटनेस डि भि डी पनि रिलिज गरिसकेकी छिन् ।

शोनाक्षी सिन्हा
बलिउडमा आउनु भन्दा अघि करिब ३० किलो तौल घटाएकी अभिनेत्री शोनाक्षी सिन्हा पनि रक्सि नपिउने सेलिब्रेटीमा पर्छिन् । उनी आफ्नो लुकस र सुन्दरतालाई कायम राख्नको लागि अल्कोलिक पर्दाथहरुमा मन जान दिन्नन् ।

अक्षय कुमार
अक्षय कुमारको ध्यान जम्मै काममा हुन्छ । जसको लागि उनले शररीरलाई फिट र स्वस्थ राख्नु पर्छ । यहि कुरालाई ध्यानमा राख्दै उनी रक्सिलाई हात लगाउँदैनन् । उनी बलिउडका छिटो सुत्ने र छिटो उठ्ने अभिनेतामा पनि पर्छन् । उनी पार्टीहरुबाट समेत टाढै रहन्छन् ।

सोनु सिद
अभिनेता सोनु सिद पनि रक्सी पिउँदैनन् । उनी नराम्रो लतका कारण आफ्नो स्वास्थ्य बिगार्न चाहान्नन् । यहि कारण उनी रक्सिबाट टाढै हुन्छन् ।

परिणीति चोपडा
फ्याटबाट फिट भएकी अभिनेत्री हुन् परिणीति चोपडा । उनी पनि रक्सि पिउन मन पराउँदिनन् ।

सिदार्थ मल्होत्रा
अभिनेता सिदार्थ पनि आफ्नो फिटनेसलाई कायम राख्नको लागि अल्कोहलजन्य पदार्थलाई हात लगाउँदैनन् । उनको रक्सिमा कहिल्यै पनि मन गएन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

म्याग्दीको घोडेपानी

म्याग्दीको घोडेपानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी गाउँ र पृष्ठभूमिमा...

पप गायिका जोन्सले लगाइन् म्युजिकको नाममा वेश्यावृत्ति गराएको आरोप

  अमेरिकन पप गायिका काया जोन्सले ‘पुसीक्याट डल्स’ नामक...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK