रक्तदान कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

रक्तदान कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका

4 September, 2017 | Sandeep Bhattarai | 1170 Views | comments

कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

कोलोराडोमा सक्रिय संस्था रकी माउटेण्ड फ्रेण्डस् अफ नेपालको आयोजना तथा ब्लड डोनर्स अफ अमेरिकाको सहयोगमा आयोजित रक्तदान कार्यक्रम शनिबार सम्पन्न भयो ।

नर्थग्लेनमा स्थित क्रसरोड चर्चमा सम्पन्न रक्तदान कार्यक्रममा १४ नेपाली र १ स्थानीय गरि जम्मा १५ जनाले रक्तदान गरेका छन् । रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा नेपाली घरका अध्यक्ष लक्ष्मण राना, रकी माउटेण्ड फ्रेण्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठी, ब्लड डोनर्स अफ अमेरीकाका कोलोराडो च्याप्टरका कोर्डिनेटर टिका पौडेल, समाजसेवी बुद्धी लामीछाने, सुदर्शन अधिकारी, डा. पंकज तिम्सिना, मणी बस्नेत, रमेश कोईराला, श्रीराम लुईटेल ,रोहित श्रेष्ठ, लुना पौडेल, प्रज्ञा गहतराज, रोजिना ताम्राकार, ज्योती सुनुवार र स्थानीय मार्शा क्यासटिल रहेका छन् ।

आयोजक संथाका अध्यक्ष बिनोद त्रिपाठीले नेपाली समुदायका व्यक्तिहरुलाई आवश्यक परेको बेला सजिलैसंग रगत उपलब्ध गराउन तथा नेपाली समुदायको पहिचाहन गराउन कार्यक्रमको आयोजना गरिएको बताएका छन् । अमेरीकी नियम अनुसार रक्तदान गर्न अमेरीकामा बस्न थालेको ३ बर्ष हुनुपर्ने तथा लगातार एकबर्ष देश बाहिर नगएको हुनु पर्दछ ।

रक्तदान कार्यक्रम सफल पार्न बोन फिल्ड रक्तसंचार केन्द्र बोल्डरको प्राविधिक सहयोग र क्रसरोड चर्चले ठाउं उपलब्ध गरेर सहयोग गरेको ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरका कोर्डिनेटर टिका पौडेले बताएका छन् ।

कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

कोलोराडोमा संकलन भएको रगत कोलोराडो भित्रै खपत हुने रक्त संचारका कर्मचारीहरु बताउछन् । कुनै पनि व्यक्तिकोशरिरबाट निकालिएको रगत ४२ दिन सम्म मात्र प्रयोग गर्न सकिन्छ ४२ दिन पछि त्यो रगत काम नलाग्ने हुन्छ । कुनै बेला खपत हुन नसकि फाल्नु पर्ने अवस्था आयो भने मात्र स्टेट बाहिर पठाइने उनीहरुको भनाई छ ।

विश्व रक्तदान दिवसको अवसरमा कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK