यौन रहस्यमय हैन, सामान्य बनाए हिंसा घट्छ ।

ENGLISH

यौन रहस्यमय हैन, सामान्य बनाए हिंसा घट्छ ।

29 March, 2016 | Anjana Bhandari | 550 Views | comments

sexual_assault_02‘यौन सम्बन्ध’ यो शब्द सुन्नेवित्तिकै जिब्रो काट्नेको कमी छैन । कारण यौनलाई लाज, घृणा र जटिल विषय बनाइनाले हो । यौन एउटा सामान्य क्रियाकलाप हो भन्ने मान्यताको विकास नभएका कारण नेपालमा मात्र हैन विश्वभर नै यौन हिंसा बढ्दो छ ।

त्यसैले समाजशास्त्रीहरु यौनलाई जटिल बनाउनुको साटो कसरी मर्यादित बनाउने भन्नेतिर लाग्नुपर्ने सुझाव दिन्छन् । पछिल्लो समयमा नेपालमा बलात्कार र यौनकै कारण महिलाको हत्याका साथै हिंसाका घटना बढिरहेको छ । यरुना र भेनिसा हत्याकाण्डले नेपाली समाजमा यौनले विकराल रुप लिंदैगरेको पुष्टि गर्दछ । यौन सम्बन्धको विवादले नै यी दुई हत्याकाण्ड मच्चिएको हो ।

किन घट्छन् यस्ता घटनाहरु ?
आजभोलि सामाजिक संजालको फेसबुकका कारणबाट पनि कैयौँ घटनाहरु घटेका छन् । फेसबुकमा जो पायो त्यसैलाई साथी बनाउने, जोसँग पनि कुरा गर्ने गर्दा पनि यस्ता घटनाहरुले बढावा पाएको छ ।

अर्कोतिर त्यस्तो घटना घट्यो भने पनि स्वयं परिवारले नै घटनालाई दबाउने र महिलालाई नै दोष दिने प्रवृत्तिले गर्दा बलात्कारी तथा हिंसा गर्नेको मनोबल बढेको पाइन्छ ।

सूचना र प्रविधिको विकास र युवा पुस्तामा यसको पहुँचले गर्दा अश्लील चलचित्रहरुको अवलोकनले युवा पुस्तामा विकार भरिरहेको छ । यौनजन्य दृश्यको अवलोकनपछि यौनको चाहनाा बढ्ने र त्यसपछि बलात्कार र हत्याका घटना घट्न पुगेका छन् ।

किन महिला मात्र हुन्छन् त यस्ता घटनाको शिकार ?

नेपाल एउटा पुरुष प्रदान देश हो । यहाँ पुरुषले जे गरे पनि हुने मान्यता भएको कारण महिला पुरुषको सुखको साधन मात्र हो भन्ने परिपाटी अझै कायमै छ । यसले पनि यौनहिंसा बढाउन मद्दत गरिरहेको छ ।

अझै पनि यौन हिंसाका विषयमा दह्रो आवाज उठाउन महिला सक्षम छैनन् । काठमाडौं लगायत ठूला शहरमा महिला अधिकारको नारा घन्काउनेहरु ग्रामीण क्षेत्रमा पुग्नै सकेका छैनन् । अझ बैबाहिक बलात्कारको त कमै मात्र घटना सार्वजनिक हुन्छ ।

 यौन हिंसा जस्ता घटनालाई कम गर्न के गर्नुपर्छ ?

यौन हिंसा जस्ता घटनालाई कम गर्नको लागि यौन शिक्षा अनिवार्य शर्त हो । तर यहाँ यौन शिक्षा भन्दै यौन विकृति फैलाउने सामग्रीहरु पस्कने गरेको पाइन्छ । सामान्यतया घर परिवार र समाजले यौन भनेको एउटा सामान्य प्राकृतिक नियम मात्र हो भनेर यसलाई धेरै कुतुहलताको विषय नबनाई सरल ढंगले शिक्षित बनाउनेतिर लाग्ने हो र महिलाप्रति सम्मानजनक व्यवहार देखाउने हो भने यौन हिंसा स्वतः कम भएर जान्छ ।

यस्ता हिंसाहरुलाई कम गर्न एउटा व्यक्तिले मात्र पहल गरेर सम्भव अवश्य पनि हुँदैन । त्यसकारण विभिन्न सामाजिक संघसस्थाले पनि उल्लेखनीय कदम चाल्नु जरुरी छ ।

यौनलाई प्राकृतिक र सृष्टि संरचनाको एउटा कर्मका रुपमा लिनसक्ने वातावरण बनाउने हो र व्यक्तिलाई सामाजिक मूल्य–मान्यता र सदाचारी बनाउने शिक्षा पद्धतिको विकास गर्ने हो भने यस्ता हिंसा कम गर्न ठूलो सघाउ पुग्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

विमान नभएको भए मेरो अमेरिका बसाइ १४ बर्षे बनबास जस्तै हुन्थ्यो :राजाराम पौड्याल

हास्य कलाकार राजाराम पौड्याल आफू भर्खरै सोह्र बर्षे पुगेको...

किरण सापकोटा

जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ...

‘पिंजडा ब्याक अगेन’ प्रिमियर 

निखिल उप्रेती अभिनित चलचित्र ‘पिंजडा ब्याक अगेन’को  प्रिमियर बुधबार राजधानीको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK