यो दशैं गीतले लाखौं परदेशीलाई रूवायो (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

यो दशैं गीतले लाखौं परदेशीलाई रूवायो (भिडियो सहित)

भर्जीनिया, अमेरिका

18 October, 2018 | Sandeep Bhattarai | 4040 Views | comments

दशैं गीत

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको दशैं गीतको म्युजिक भिडियो निर्माण भएको छ। गायक अर्जुन सुनामको स्वर तथा संगीत रहेको यस गीतमा मूख्य अभिनय भिम दाहाल, सोनि विष्ट, बाल कलाकारहरू सृष्टि आचार्य र सस्मित दाहालको रहेको छ।

आलाप रेकर्डिड. स्टुडियोले बजारमा ल्याएको यस गीत अमेरिकामा सुटिंग.गरिएको हो । काठमाडौंबाट सूचना प्रविधिको प्रयोग अधिकतम् गर्दै अनलाइन लाइभ मार्फत् यस म्युजिक भिडियोमा निर्देशन हेम प्रभाषले गरेका छन् भने प्रोडक्सन म्यानेजरको जिम्मेवारी केशव आचार्यले बहन गरेका छन् ।

सूचना प्रविधिको विकाससँगै नयाँ प्रयोग गरेको निर्देशक हेम प्रभास बताउँछन् । नयाँ प्रयोगमा सफल भएको र आगामी दिनमा अन्य गीतका भिडियोहरूको निर्माण पनि यसै गरी गर्ने योजना रहेको बताउँछन् । एकान्त मगरको सम्पादन तथा नेजि सुनामको प्रोड्युसन रहेको गीतको छायाड.कन वरिष्ठ फोटोग्राफर राजिब श्रेष्ठले गरेका छन् । परदेशीलाई दशैं तिहार रुवाउने बाटो

घरी घरी दुख्छ मन खुशी हुनको साटो !
एक्लो पन छ उदासीन छ हेर्छु जताजता
मेरो दशैं उतै छुट्यो म मात्र छ यता !

यस्तै मार्मिक र सशक्त गीतहरू लेख्दै आएकी सुबिसुधाका अन्य दर्जनौं गीतहरू रेकर्ड भएका छन् भने एक दर्जन बढी कथा, गजल, कविता विविध विधाका पुस्तकहरू प्रकाशित छन् । नेपाली भाषा, साहित्य, कला, संगीत र संस्कृतिको संरक्षण गर्ने क्षमता लिएर केवलपुर, धादिंगमा जन्मिएकी गीतकार सुबिसुधा हाल संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्य स्थित फेडरिक्सवर्ग शहरमा स्थायी बसोबास गर्दै आएकी छिन् ।

भिडियो –

बिनाको दशैं गीत सार्वजनिक हुँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK