यू १९ विश्वकप सपनामा अफगानिस्तान वाधक : नेपाल ९६ रनले पराजित

ENGLISH

SPORTS

यू १९ विश्वकप सपनामा अफगानिस्तान वाधक : नेपाल ९६ रनले पराजित

25 July, 2017 | Sandeep Bhattarai | 2385 Views | comments

क्रिकेट

सात पटक सम्म यू १९ विश्वकप खेलेको नेपालले आगामी वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू-१९ विश्वकप खेल्ने सपनामा  अफगानिस्तान वाधक बनेपछि नेपालको सपना तुहिएको छ ।

दोस्रो राउण्डको खेलमा चिर प्रतिद्वन्दी अफगानिस्तानसंग ९६ रनले पराजित भएसंगै नेपाल विश्वकप खेल्नबाट बन्चित भएको थियो । सिंगापुरको इण्डियन एशोसियसन खेल मैदान टस जितेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमाउदै १९५ रन बनाएको थियो । उसको लागि इब्राहिम जाद्रणले शतकीय पारि खेलेका थिए ।

११४ बल सामना गरेका जाद्रणले ७ चौका र ५ छक्काको मद्दतले १०१ रन बनाए । त्यस्तै इक्रम अलि खिलले २५ रन बनाए भने नाभेद ओबईदले २२ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । नेपालको लागि शाहब आलमले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीको भागमा ३ विकेट रह्यो ।

त्यस्तै सन्दीप लामिछाने र पवन सराफले समान १-१ विकेट लिए । १९६ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४०.३ओभरमा सबै विकेट गुमाउदै मात्र ९९रन बनायो । उसको लागि दिपेन्द्र सिंह ऐरीले ४८ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन । अफगानिस्तानको लागि मुजीव उर रहमानले ३ विकेट लिए

यसअघी भएको पहिलो राउण्डको खेलमा पनि नेपाल १४१ रनले पराजित भएसंगै नेपालको विश्वकपमा छनोट हुने आशा झिनो रहेको थियो ।सिंगापुरमा जारी ४ राष्ट्र सम्मलित एसिया क्षेत्रको छनोट डबल राउण्ड रोबिनका आधारमा भएको थियो । छनोटको शिर्ष टोलीमा रहदै अफगानिस्तान अर्को बर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू-१९ विश्वकपका लागि छनोट भएको छ भने नेपाल दोस्रो स्थानमा रहदै आफ्नो यात्रा टुंग्याएको छ । नेपालले अहिलेसम्म ७ पटक यु-१९ को विश्वकप खेलिसकेको छ । नेपालले गत बर्ष बंगलादेशमा भएको विश्वकप खेलेको थियो ।

यू-१९ विश्वकप छनोट : नेपालको लज्जास्पद हार, अफगानिस्तान १४१ रन विजयी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एलियनको कथामा नेपालमा पहिलो पटक फिल्म बन्दै

नेपालमै पहिलो पटक एलियनको कथामा फिल्म निर्माण हुने भएको...

एनआरएनए कृषि प्रबद्र्धन समितिको बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कृषि प्रबद्र्धन समितिले आगामी...

केन्या

केन्याको ‘स्ट्रिट क्लब’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK