यू-१९ विश्वकप छनोट : नेपाल सामू मलेसियाद्वारा ९० रनको लक्ष्य प्रस्तुत(लाइभ स्कोर)

ENGLISH

SPORTS

यू-१९ विश्वकप छनोट : नेपाल सामू मलेसियाद्वारा ९० रनको लक्ष्य प्रस्तुत(लाइभ स्कोर)

24 July, 2017 | Sandeep Bhattarai | 945 Views | comments

नेपाल

सिंगापुरमा जारी यू-१९ विश्वकप छनोट खेलमा मलेसियाले नेपाललाई ९० रनको लक्ष्य प्रस्तुत गरेको छ । इण्डियन एसोशियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको मलेसियाले ३५.१ ओभरमा सबै विकेट गुमाउदै ८९ रन बनायो ।

उसको लागि सायिद अजिजले ४६ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । नेपाली बलर सामू मलेसियाली ब्याट्सम्यान खुलेर खेल्न सकेनन । नेपालको लागि सन्दीप लामिछानेले ७ विकेट लिए भने शाहब अलामले २विकेट लिए । मलेसियाका ४ ब्याट्सम्यान खाता नखोली पेभेलियन फर्केका थिए

नेपालले केहि बेरमा जवाफी ब्याटिंग गर्दैछ ।

पहिलो राउण्डको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो । जारी प्रतियोगितामा नेपालले खेलेको चार खेल मध्ये तीनमा जित आत्मसाथ गरेको छ । नेपालले खेलेको सबै खेलमा व्याटिङमा कमजोर प्रदर्शन गरेको थियो भने बलिङमा नेपाली बलरहरु चम्किएका थिए ।

लगातार तेस्रो जितसँगै नेपालले चार खेलबाट ६ अंक जोडेको छ । र, नेपालले न्युजिल्यान्डमा हुने आईसीसी यू-१९ विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ ।

सिंगापुरमा जारी ४ राष्ट्र सम्मलित एसिया क्षेत्रको छनोट डबल राउण्ड रोबिनका आधारमा हुने छ । छनोटको शिर्ष टोली अर्को बर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू-१९ विश्वकपका लागि छनोट हुने छन् । नेपालले अहिलेसम्म ७ पटक यु-१९ को विश्वकप खेलिसकेको छ । नेपालले गत बर्ष बंगलादेशमा भएको विश्वकप खेलेको थियो ।

लाइभ स्कोर –http://www.espncricinfo.com/series/17910/game/1110899/Nepal-Under-19s-vs-Malaysia-Under-19s-Match-9-ICC-Asia-Under-19s-World-Cup-Qualifier

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK