यू-१९ विश्वकप छनोट : नेपाललाई अफगानिस्तानद्वारा १९१ रनको लक्ष्य प्रस्तुत (लाइभ स्कोर)

ENGLISH

SPORTS

नेपाल

यू-१९ विश्वकप छनोट : नेपाललाई अफगानिस्तानद्वारा १९१ रनको लक्ष्य प्रस्तुत (लाइभ स्कोर)

20 July, 2017 | Sandeep Bhattarai | 1125 Views | comments

नेपाल

सिंगापुरमा जारी यू-१९ विश्वकप छनोट खेलमा अफगानिस्तानले नेपाललाई जितको लागि १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले ४९.४ ओभरमा सबै विकेट गुमाउदै १९० रन बनायो । उसको लागि इब्राहिम जाद्रणले ४३ रन बनाए भने नावेद ओबैदले ३३ रन जोडे । नेपालको लागि शाहब आलमले ३ विकेट लिए भने पवन सराफ र सन्दीप लामिछानेको भागमा समान २- २ विकेट रह्यो ।

नेपालले केहीबेरमा जवाफी ब्याटिंग गर्दैछ । जारी प्रतियोगितामा नेपालले खेलेको दुबै खेलमा नेपालले जित आत्मसाथ गरेको छ । नेपालले पहिलो खेलमा आयोजक राष्ट्र सिंगापुरकाई ४ विकेटले र दोस्रो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।

दुबै खेलमा व्याटिङमा कमजोर प्रदर्शन गरेपनि बलिङमा नेपाली बलरहरु चम्किीएपछि लगातार दोस्रो जित आत्मासाथ गर्न नेपाल सफल रह्यो ।लगातार दोस्रो जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । र, नेपालले न्युजिल्यान्डमा हुने आईसीसी यू-१९ विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ ।

सिंगापुरमा जारी ४ राष्ट्र सम्मलित एसिया क्षेत्रको छनोट डबल राउण्ड रोबिनका आधारमा हुने छ । छनोटको शिर्ष टोली अर्को बर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू-१९ विश्वकपका लागि छनोट हुने छन् । नेपालले अहिलेसम्म ७ पटक यू -१९ को विश्वकप खेलिसकेको छ । नेपालले गत बर्ष बंगलादेशमा भएको विश्वकप खेलेको थियो ।

लाइभ स्कोरको लागि यो लिंक खोल्नुहोला :http://www.espncricinfo.com/ci/engine/match/1110896.html

यू-१९ विश्वकप छनोटमा नेपाल र अफगानिस्तान भिड्दै (लाइभ स्कोर)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK