यू-१९ विश्वकप छनोट : नेपालको लज्जास्पद हार, अफगानिस्तान १४१ रन विजयी

ENGLISH

SPORTS

यू-१९ विश्वकप छनोट : नेपालको लज्जास्पद हार, अफगानिस्तान १४१ रन विजयी

20 July, 2017 | Sandeep Bhattarai | 795 Views | comments

यू-१९ विश्वकप छनोट

लगातार दुई खेलमा जित आत्मसाथ हात परेको नेपालले तेस्रो खेलमा भने लज्जास्पद हार व्यहोर्न वाध्य भएको छ । सिंगापुरमा जारी यू-१९ विश्वकप छनोट खेलमा अफगानिस्तानसंग नेपाल १४१ रनको भारी अन्तरले पराजित भयो ।

पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले ४९.४ ओभरमा सबै विकेट गुमाउदै १९० रन बनायो । उसको लागि इब्राहिम जाद्रणले ४३ रन बनाए भने नावेद ओबैदले ३३ रन जोडे । नेपालको लागि शाहब आलमले ३ विकेट लिए भने पवन सराफ र सन्दीप लामिछानेको भागमा समान २- २ विकेट रह्यो ।

१९१ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल पुन: ब्याटिंगमा कमजोर देखियो । नेपालले २६ ओभरमा सबै विकेट गुमाउदै मात्र ४९ रन बनायो ।  नेपालका लागि पवन सराफले मात्र दोहोरो अंकको रन बनाए । उनले २६ रन जोडे । नेपालका नौं ब्याट्सम्यान दोहोरो अंक नजोडी आउट भए । नेपालका सन्दीप सुनार २,आसिफ शेख ६, अदिल खान ४, दिपेन्द्र सिंह येरी ४, प्रनित थापामगर, अनिल शाह, रोहित कुमार र सन्दीप लामिछाने खाता नखोली पेबिलियन फर्के ।

त्यस्तै किशोर महोत अविजित रहदै २ रन जोड्दा शाहब आलम १ रनमा आउट भए । अफगानिस्तानको लागि नबिल उलहक र मुजिम जाद्रणले समान ४-४ विकेट लिए । उलहकले ४ ओभर बलिंग गर्दै १ मेडन राख्दै ८ रन दिएर चार विकेट लिए भने मुजिमले ९ ओभर गर्दै ५ मेडन राख्दै ७ रन दिएर समान ४ विकेट लिएका थिए । अन्य दुई विकेट भने युसुफ जजाई र जाहिर खानको भागमा रह्यो ।

नेपालले पहिलो खेलमा आयोजक राष्ट्र सिंगापुरकाई ४ विकेटले र दोस्रो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।
तीनै खेलमा व्याटिङमा कमजोर प्रदर्शन गरेपनि बलिङमा नेपाली बलरहरु किफायती बलिंग गरेका थिए । तीन खेलको समाप्तिसंगै नेपालले दुई खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ भने तीन खेल जितेको अफगानिस्तान ६ अंक जोड्दै शिर्ष स्थानमा रहेको छ । ४ राष्ट्र सम्मलित एसिया क्षेत्रको छनोट डबल राउण्ड रोबिनका आधारमा हुने भएकोले, नेपालले न्युजिल्यान्डमा हुने आईसीसी यू-१९ विश्वकपमा छनोट हुने सम्भावना कायमै राखेको छ ।

छनोटको शिर्ष टोली अर्को बर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू-१९ विश्वकपका लागि छनोट हुने छन् । नेपालले अहिलेसम्म ७ पटक यू -१९ को विश्वकप खेलिसकेको छ । नेपालले गत बर्ष बंगलादेशमा भएको विश्वकप खेलेको थियो ।

दोस्रो राउण्डको खेल भोली(शुक्रबार) बाट सुरु हुनेछ ।

यू-१९ विश्वकप छनोट : नेपाललाई अफगानिस्तानद्वारा १९१ रनको लक्ष्य प्रस्तुत (लाइभ स्कोर)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK