यू – १९ एसिया कप : पहिलो अभ्यास खेलमा नेपाल बंगलादेशसंग तीन विकेटले पराजित

ENGLISH

SPORTS

यू – १९ एसिया कप : पहिलो अभ्यास खेलमा नेपाल बंगलादेशसंग तीन विकेटले पराजित

3 November, 2017 | Sandeep Bhattarai | 1545 Views | comments

यू - १९ एसिया कप

यू – १९ एसिया कपको अन्तिम तयारीको लागि बंगलादेश पुगेको नेपाली यू-१९ क्रिकेट टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ ।

बिहिबार भएको खेलमा नेपाल बंगलादेशसंग ३ विकेटले स्तब्ध हुन पुग्यो । बंगलादेशको साभारमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै १५३ रन बनायो । नेपालको लागि आशिफ शेखले ३२ रन बनाए भने भिम शार्कीले २८ रन जोडे । त्यस्तै पवन सराफले १९ रन बनाउदा कमल सिंह ऐरी १७ रनमा अविजित रहे ।

बंगलादेशको लागि हसन महमद र काजी अनिक इस्लामले समान ३-३ विकेट हासिल गरे । त्यस्तै नयिम हसनले २ विकेट लिंदा शाखावत होसेनको भागमा १ विकेट रह्यो ।

१५४ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको बंगलादेशले ३९ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य भेट्टायो । उसको लागि नैम शेखले ५३ रनको अर्धशतकीय पारी खेले भने तोहिड ह्रिद्लीले अविजित रहदै ४८ रन जोडे । नेपालको लागि सन्दीप लामिछाने ले ४ विकेट लिए भने शाहब आलम र पवन सराफको भागमा समान १-१ विकेट रह्यो । खेलमा बंगलादेशका काजी इनिक इस्लाम म्यान अफ द म्याच भए । अब नेपालले बंगलादेशको यू-१९ टिमसँग२ वटा अभ्यास खेल खेल्नेछ ।

२३ कात्तिकदेखि मलेसियामा हुने यू-१९ एसिया कपमा नेपालसहित ८ टिमको सहभागिता हुनेछ। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र मलेसिया छन्। एसिसी पश्चिम क्षेत्रबाट एक टिम छनोट हुन बाँकी छ।

यू - १९ एसिया कप

गत महिना मलेसियामा भएको प्रतियोगिताको फाइनलमा हङकङलाई ५ विकेटले पराजित गरेर नेपाली टिम च्याम्पियन बनेको थियो। उपाधिसँगै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको थियो। नेपाली टिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा पहिलो पटक उत्रिएको थियो।

यू १९ विश्वकप सपनामा अफगानिस्तान वाधक : नेपाल ९६ रनले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK