यू १९ एसिया कप : नेपाल सेमिफाइनल प्रवेश

ENGLISH

SPORTS

यू १९ एसिया कप : नेपाल सेमिफाइनल प्रवेश

भारत बंगलादेशसंग पराजित

14 November, 2017 | Sandeep Bhattarai | 1345 Views | comments

यू १९ एसिया कप

मलेसियामा जारी यू १९ एसिया कप अन्तर्गतको खेलमा बंगलादेशले भारतलाई पराजित गरेसंगै नेपाल पहिलो पटक यू १९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गर्यो । भारतले दिएको १८८ रनको लक्ष्य लिएर मैदान उत्रेको बंगलादेशले २८ ओभरमा २ विकेट गुमाउदै लक्ष्य भेट्टायो । उसको लागि पिनाक घोषले ८१ रनको पारी खेल्दै टोलीलाई समूहको विजेता बनाउदै सेमिफाइनल पुर्याए ।

पानीले प्रभावित भएको कारण खेल ३२ ओभरमा छोटिएको थियो ।बंगलादेशको जितसँगै नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ भने भारत समूह चरणबाटै बाहिरिएको छ। यसअघि मंगलबारै भएको खेलमा समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको थियो ।

वर्षाले प्रभावित खेलमा टस जिते मलेसिलायालाई ब्याटिङको निम्तो दिएको नेपालले मलेसियालाई ४५ रनमा समेटेको थियो । खेल २४ ओभरमा छोट्याइएको थियो ।नेपालका कसिलो बलिङ सामु टिक्न नसकेका मलेसिया १५.३ ओभरमा सबै विकेट गुमाउदै ४५ रनमा समेटिएपछि नेपालले सहज विजयको लक्ष्य पाएको थियो । ४६ रनको विजयी लक्ष्य लिएर ब्याटिङमा उत्रिएको नेपालले ५.३ ओभरमाा २ विकेट गुमाउँदै ५१ रन बनायो ।

नेपालका लागि अनिल कुमार साहले अविजित २६ रन बनाए भने भिम सार्कीले ३ रन बनाए । त्यस्तै महम्मद आसिफ शेख र दिपेन्द्र सिं ऐरी क्रमशः ४ र १२ रन बनाएर आउट भए । साहले १५ बलमा तीन छक्का र एक चौका प्रहार गरेर सजिलो विजय दिलाए ।नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए भने दिपेन्द्र र शाहब अलामले समान २- २विकेट लिए । त्यस्तै अनिल कुमार साहको भागमा १ विकेट रह्यो ।

मलेसियाका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंक जोडेका थिए । उसका लागि सायिद अजिज सायिद मुबारकले २० र विरन्दीप जगजीत सिंहले १० रन बनाए ।

यू १९ एसिया कप

अब नेपालले सेमिफाइनलमा नेपालले समूह ‘बी’ को बिजेता अफगानिस्तानसंग शुक्रबार खेल्नेछ भने बंगलादेशले पाकिस्तानसंग बिहिबार खेल्नेछ ।

मलेसियामाथि नेपालको आठ विकेटको जीत

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK