यू १९ एसिया कप : दोस्रो सेमिफाइनलमा नेपाल र अफगानिस्तान भिड्दै

ENGLISH

SPORTS

नेपालको ऐतिहासिक जित

यू १९ एसिया कप : दोस्रो सेमिफाइनलमा नेपाल र अफगानिस्तान भिड्दै

17 November, 2017 | Sandeep Bhattarai | 1795 Views | comments

नेपालको ऐतिहासिक जित

मलेसियामा जारी यू १९ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा आज नेपाल र अफगानिस्तान भिड्दै छन् । मलेसियाको किन्नारा ओभल मैदानमा हुने खेल नेपाल समयानुसार बिहान सवा सात बजे सुरु हुनेछ ।

समूह ‘ए’ मा रहेको नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । पहिलो खेलमा बंगलादेशसंग २ विकेटको साँघुरिलो हार व्यहोरेको नेपालले दोस्रो खेलमा भारतलाई १९ रनले हराउदै ऐतिहासिक जित दर्ता गर्यो । त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक राष्ट्र मलेसियालाई ८ विकेटको भर्री अन्तरले पराजित गर्यो । तर दुई खेल जित्दा पनि नेपाल सेमिफाइनल पुग्ने अन्योल थियो ।

तर भारत र बंगलादेशको खेलमा नेपालको अनुकुल नतिजा आएपछि नेपालको सेमिफाइनल ढोका खुलेको थियो । उक्त खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेको थियो र भारत समूह चरणबाटै घर फर्केको थियो ।

तर आजको खेल नेपाललाई त्यति सहज छैन । पछिल्लो समय क्रिकेटमा ठूलो फड्को मारेको अफगानिस्तान उपाधि दाबेदारका रुपमा उभिएको छ । समूह बी को विजेताको रुपमा अफगानिस्तान सेमिफाइनल पुगेको छ । समूहमा अफगानिस्तान सहित श्रीलंका, पाकिस्तान र युएई रहेका थिए । आजको विजेताले उपाधिको लागि आइतबार पाकिस्तानसंग सामना गर्नेछ ।

बिहिबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई डिएल मेथडमा २ रनले पराजित गर्दै पाकिस्तान उपाधि नजिक पुगेको हो ।

यू १९ एसिया कप : नेपाल सेमिफाइनल प्रवेश

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK