यू – १९ एसिया कप : अभ्यास खेलमा नेपालको लगातार दोस्रो हार

ENGLISH

SPORTS

यू – १९ एसिया कप : अभ्यास खेलमा नेपालको लगातार दोस्रो हार

5 November, 2017 | Sandeep Bhattarai | 680 Views | comments

नेपाल बंगलादेशसंग

यू – १९ एसिया कपको अन्तिम तयारीको लागि बंगलादेश पुगेको नेपाली यू-१९ क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ ।

शनिबार भएको खेलमा नेपाल बंगलादेशसंग १२३ रनको भारी अन्तरले पराजित हुन पुग्यो । बंगलादेशको साभारमा टस हारेर पहिले ब्याटिंग गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २२७ रन बनायो । उसका लागि सैफ हसनले ६२ र अफिफ हुसेनले ५९ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै त्राविद हिड्यले २९ रन भने नयिम शेखले २६ रन जोडे । नेपालको लागि दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान २-२ विकेट लिए । २२८ रनको चुनौतिपूर्ण लक्ष्य लिएर मैदान उत्रेको नेपाल ३६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ४ रनमात्र बनाउन सफल भयो । उसका लागि रसीद खानले २४ रन जोडे । यो नेपालको ठूलो स्कोर थियो ।

त्यस्तै पवन शर्राफले १६ रन जोडे भने सन्दीप लामिछाने १२ रनमा अविजित रहे । नेपालको इनिङलाई धरासायी बनाउन बंगलादेशका हसन मोहम्मदले ३ विकेट लिए भने रोनी हुसेन, रोबिउल हक र अफिफ हसनको भागमा समान २-२ विकेट रह्यो ।अब नेपालले बंगलादेशको यू-१९ टिमसँग एउटा अभ्यास खेल खेल्नेछ ।

२३ कात्तिकदेखि मलेसियामा हुने यू-१९ एसिया कपमा नेपालसहित ८ टिमको सहभागिता हुनेछ। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र मलेसिया छन्। एसिसी पश्चिम क्षेत्रबाट एक टिम छनोट हुन बाँकी छ।

नेपाल बंगलादेशसंग

गत महिना मलेसियामा भएको प्रतियोगिताको फाइनलमा हङकङलाई ५ विकेटले पराजित गरेर नेपाली टिम च्याम्पियन बनेको थियो। उपाधिसँगै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको थियो। नेपाली टिम दिपेन्द्रसिंह ऐरीको कप्तानीमा पहिलो पटक उत्रिएको थियो।

यू = १९ एसिया कप : पहिलो अभ्यास खेलमा नेपाल बंगलादेशसंग तीन विकेटले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK