यू -१९ एसिया कपको उपाधि अफगानिस्तानलाई

ENGLISH

SPORTS

यू -१९ एसिया कपको उपाधि अफगानिस्तानलाई

19 November, 2017 | Sandeep Bhattarai | 825 Views | comments

अफगानिस्तान

एसीसी यू-१९ एसिया कपको उपाधि अफगानिस्तानले जितेको छ । आज (आइतबार) भएको खेलमा पाकिस्तानलाई १८५ रनको भारी अन्तरले पराजित गरेको हो ।

मलेसियाको किन्नारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २४८ रन बनायो । उसका लागि इक्राम अलि खिलले अविजित रहदै १०७ रनको शतकीय पारी खेले भने रहमानुलल्हा गुर्बाजले ४० रन जोडे । त्यस्तै इब्राह्मिन जद्रण ३६ रन बनाउदा दारउइस अब्दुल रसुलले १८ रन बनाए । पाकिस्तानको लागि मुहम्मद मुसाले ३ विकेट लिए भने शाहिन शाह अफ्रिदीको भागमा २ विकेट रह्यो ।

२४९ रनको चुनौतिपूर्ण लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तान २२.१ ओभरमा ६३ रनमा समेटियो । उसका लागि मुहम्मद ताहले १९ र मुहम्मद हसन खानले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । अफगानिस्तानको लागि मुजिब उर रहमानले ५ विकेट लिए भने क्वाइस अहमद कामावालको भागमा ३ विकेट रह्यो ।

पाकिस्तान बंग्लादेशलाई हराउदै फाइनल प्रवेश गरेको थियो भने अफगानिस्तान नेपाललाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनाएको थियो । समूह चरणमा पनि अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेको थियो ।

यू-१९ एसिया कप : नेपाल बंगलादेशसंग दुई विकेटले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK