यूएईमा नेपाली व्यवसायहरु बढ्दै

ENGLISH

NRN GLOBAL

यूएईमा नेपाली व्यवसायहरु बढ्दै

9 August, 2018 | Sandeep Bhattarai | 3315 Views | comments

यूएईमा नेपाली व्यवसायहरु बढ्दै

करिब २ लाख ५० हजार नेपालीहरु रहेको यूएईमा पछिल्लो समय नेपाली व्यवसायहरु बढ्दै गएका छन् । यूएईमा २०१४ देखि रेस्टुरेन्ट व्यवसायमा नेपाली लगानी बढेको देखिन्छ ।

दुबई, शारजहाँ, अबुधाबी, रसैखैमा, फुजेरा, अम अल क्युयिन अजमान सात राज्य रहेको यूएईमा बढी रेस्टुरेन्ट व्यवसाय गर्ने नेपाली धेरै रहेका छन् । छिटो सजिलो र दैनिक कमाइ हुने कारण पनि नेपालीहरु रेस्टुरेन्ट व्यवसायमा लगानी गर्न बढी इच्छुक देखिएको पाइन्छ ।

१२ वर्षदेखि रोजगारको सिलसिलामा यूएई बस्दै आएका झापा मेचीनगर नगरपालिका ११ का अमीत मेचे र यूएईमा रोजगारकै सिलसिलामा १० वर्षदेखि बस्दै आएका मेचीनगर नगरपालिका ९ का अपमत ढुङ्गानाको संयुक्त लगानीमा हालै रेष्टुरेन्ट सञ्चालन गरेका छन् ।

भिजिट भिसामा यूएई छिरेका अमीत मेचे कुनै कम्पनीको क्यसियर, एकाउन्टेन्ट, हेट क्यासियर हुँदै अहिले आएर मालिक बनेका हुन् । आफूले रेस्टुरेन्ट खोलेको क्षेत्रमा उल्लेखनीय नेपालीहरु रहेको हँुदा त्यही अवस्थित नेपालीहरुले नेपाली खाना खान नपाएको हुँदा पनि तिनै नेपालीहरुलाई सेवा सुविधा दिनको लागि पनि रेस्टुरेन्ट संचालन गरेको उनी बताउँछन् ।

१० वर्षअघि अल साय कम्पनीमा वेटरमा यूएई आएका अर्का संचालक अमीत ढुंगाना पनि विभिन्न कम्पनीमा विभिन्न कम्पनीमा काम गर्दै रेस्टुरेन्ट व्यवसाय संचालन गरेको बताउँछन् । आसपासमा ठूलाठूला कम्पनीहरु रहेको क्षेत्रमा नेपाली रेस्टुरेन्ट व्यवसाय राम्रो हुने व्यवसायीले बताएका छन् । यूएईमा नेपाली रेष्टुरेन्ट बढेसँगै नेपाली खानालाई विश्व सामु पहिचान गराउन नेपाल पर्यटन बोर्डले ल्याएको ‘एक्सपेरियन्स नेपाल’ लाई टेवा पुगेको छ ।

नेपाली खानालाई विश्व सामु पहिचान गराउन नेपाल पर्यटन बोर्डले ल्याएको नेपाली रेस्टुरेन्टहरुमा खाना एकरुपता तथा नेपाली खानालाई विश्व बजारमा पु-याउने योजनालाई पनि विदेशमा यसरी खुलेका नेपाली रेस्टुरेन्टले टेवा पु¥याउने देखिन्छ । एक्सपेरियन्स नेपाल यूएई अभियन्ता विश्व विजय खनाल ‘एक्सपेरियन्स नेपाल’ अन्तर्गत तयार पारिएका परिकारहरुले नेपाली खानामा एकरुपता आउनुको साथै खानाको परिचय पनि संसारभरि फैलँदै जाने बताउँछन् ।

“छिमेकी देश भारतले ५० वर्षअघि आफ्नो देशको स्वाद विश्वमा फैलाउन सुरु गरेको भन्ने पढ्न पाइन्छ,” खनालले भने, “हामीले ढिलै भएपनि सूचना तथा प्रविधिको जमानामा त्यसको भरपुर प्रयोग गरेर ५ वर्ष भित्र विश्वभरि फैलाउन सक्छौं ।” यूएईमा रहेका सम्पूर्ण रेस्टुरेन्टमा पुग्ने गरी चाँडै नै रिसिपी बुक निःशुल्क वितरण गर्ने योजना रहेको उनले बताए ।

युएईमा एकैसाथ दुई नेपाली रेस्टुरेन्ट खुल्ने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK