यूएईमा जम्दै नेपाली कलाकार

ENGLISH

NRN GLOBAL

यूएईमा जम्दै नेपाली कलाकार

भुपराज बस्याल, युएई

15 November, 2018 | Sandeep Bhattarai | 2175 Views | comments

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि डुम्रे । उनको नाम उच्चारण हुनुको एउटै कारण हो, उनको स्वर । छोटो समयमै उनी यूएईका स्टेज कार्यक्रममा लोकप्रिय भएका छन् ।

हरि डुम्रेको सांगीतिक यात्रा बाल्यकालदेखि नै सुरु भएको हो । बध्यताले यूएई छिरेको बताउने डुम्रेले यहाँका हरेक स्टेज कार्यक्रममा राष्ट्रियता झल्काउने गर्छन् । स्कुलस्तरीय गीत प्रतियोगिता हुँदा जनसेवा उच्च माध्यमिक विद्यालयमा कक्षा एकमा पढ्दै उनले ‘बारीमाथि वन’ गीत गाएर प्रथम पुरस्कार पाएका थिए । गायन क्षेत्रमा नेपालमा निकै संघर्ष गरेका डुम्रे गीतसंगीतकै क्रममा आफन्तबाटै ठगिएपछि बिदेशिनुपरेको अनुभव सुनाउँछन् ।

पारिवारको कमजोर आर्थिक स्थितिका कारण रोजगारीका लागि यूएई छिरेका डुम्रेले यहाँ हुने विभिन्न कार्यक्रममा आफ्ना प्रस्तुति दिएर दर्शकको मन जितेका छन् । यूएईका हरेक कार्यक्रममा उनलाई खोज्न थालिएको छ । डुम्रेलाई हरेक कार्यक्रममा दर्शकहरूले पनि खोज्ने गरेको पाइन्छ । उनी स्टेजमा जाँदा दर्शकबाट हुने ठूलो हुटिङले पनि यो कुरा प्रष्ट पार्छ ।

स्याङ्जाको वालिङ नगरपालिका डुम्रे भञ्ज्याङ फूलबारी घर भएका डुम्रेले सात वर्ष काठमाडौँ बसेर संगीत सिके । उनी गाउनका साथै वाद्यवादनमा पनि पोख्त छन् । कमजोर आर्थिक अवस्थाकै कारण गीतसंगीतमा माथि आउन नसकेका डुम्रेले यूएई छिरेसँगै केही एल्बम बजारमा ल्याए । उनले करिब २५ वटा गीतको शब्द तथा लय बनाइसकेका छन् भने अब पन्चेबाजा लोक तथा दोहोरीका गीतहरू बजारमा ल्याउने तयारीमा लागिपरेका छन् ।

कामसँगै गायन क्षेत्रमा पनि निरन्तर लागिपरेका डुम्रेले सन् २०१४ मा यूएई छिरेयता करिब पाँच सय स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेका छन् । जस्तोसुकै गीत पनि गाउन सक्ने डुम्रेले कुशल कार्यक्रम सञ्चालकको पनि स्थान बनाएका छन् । यूएईमा पहिलो गायन पर्वत सेवा समाज यूएईको कार्यक्रमबाट सुरु गरेका उनी अहिले यूएईमा हुने प्रायः सांस्कृतिक कार्यक्रममा पुग्ने गर्छन् ।

सानैदेखि गायन क्षेत्रमा पुरस्कार जित्दै आएका उनले २०५९ सालदेखि लोक तथा दोहोरी प्रतिष्ठान स्याङ्जाको टिम लिडर भएर काम गरेका छन् । उनी हाल स्याङ्जा सहयोग यूएईको उपाध्यक्ष र नेपाल आर्टिस्ट ग्रुपको सल्लाहकार छन् ।

डुम्रेको जस्तै मीठो स्वर छ नारायण न्यौपानेको पनि । उनी पनि यूएईको एउटा नेपाली दोहोरी साँझमा गीत गाउँदै जीविकोपार्जन गरिरहेका छन् । सानैदेखि लोकगीत क्षेत्रमा रुचि राख्ने न्यौपाने स्याङ्जा कालीगण्डकी गाउँपालिका–५ बलाम तापका हुन् । मिर्मी क्षेत्रमा स्कुल स्तरीय दोहोरी प्रतियोगितामा पहिलो पटक सहभागी हुँदा प्रथम भएपछि गायन क्षेत्रमा अगाडि बढ्ने हौसला मिलेको उनी बताउँछन् । गाउँस्तरीय, स्कुलस्तरीय, जिल्लास्तरीय, अञ्चलस्तरीय लगायतका प्रतियोगितामा धेरै ठाउँमा प्रथम स्थान हासिल गरेको अनुभव उनी सुनाउँछन् । अहिलेका चर्चित गायक–गायिकाहरू देवी घर्ती, प्रिती आले, ज्योति मगर, शिला आले, सकुन्तला थापा, निशा सुनुवार, खुमन अधिकारी, पशुपति शर्मा, रामजी खाँड प्रकाश सपुत, संगीता थापालगायतसँग आफूले प्रतिस्पर्धा गरेको न्यौपाने बताउँछन् ।

२०६० सालमा काठमाडौं छिरेका न्यौपानेले विभिन्न दोहोरी साँझहरूमा गाए । ‘सोह्र वर्षकी हेर्दा राम्रो जिउडाल नि मिलेको आँट्न पर्छ की’ भन्ने गीतसँगै एल्बमहरू बजारमा ल्याउन थालेका न्यौपानेले ‘राम्री लाग्यो मेरै’ ‘सम्झी रुन्छु म’लगायत एल्बमहरू बजारमा ल्याएका छन् भने करिब तीन दर्जन गीतमा लय र शब्द दिएका छन् ।

न्यौपाने चार वर्षदेखि यूएईमा बसेर याक एन्ड यति दोहोरी साँझमा गीत गाउँदै आएका छन् । संघसंस्थाले गर्ने कार्यक्रमहरूमा कलाकारहरूलाई भिजिट भिसामा बोलाएर कार्यक्रम सञ्चालन गरिन्छ । तर, न्यौपानेले भने अन्तर्राष्ट्रिय बजारमा कलाकारको भिसा लगाएर काम गरिरहेका छन् ।

कलाकार संगठनहरूको भूमिका
नेपाली कला–संस्कृतिको जगेर्ना गर्न यूएईमा करिब आधा दर्जन नेपाली कलाकारहरूका संगठनहरू छन् । शुक्रबार बिदाको दिन प्रायः यूएईलाई कर्मथलो बनाएका कलाकारहरूले प्रस्तुति दिन्छन् । काम गर्नको लागि कामदारको भिसा लगाएर यूएई आई काम गर्ने कलाकारहरूले शुक्रबारको दिन हुने छुट्टीको समयलाई सदुपयोग गर्दै आफ्नो प्रस्तुति गर्ने गरेका छन् ।

यूएईमा रहेका करिब एक सय हाराहारीका संघ–संस्थाभित्र हुने सांस्कृतिक विभागमा रहेका कलाकारहरूको समेत हिसाब गर्ने हो भने यूएईलाई कर्मथलो बनाउने कलाकारहरू थुप्रै भेटिन्छन् । दुई घण्टाको लागिमात्र नेपालबाट मोटो रकम तिरेर कलाकार ल्याइने गरे पनि कार्यक्रमको सुरुदेखि अन्तिमसम्म स्टेजमा प्रस्तुति दिने यहाँ रहेका कलाकारहरूलाई भने पारिश्रमिकको व्यवस्था गरेको पाइँदैन । पछिल्लो समय केही कार्यक्रमहरूमा पारिश्रमिकको व्यवस्था गरेपनि यो दिगो भने हुन सकेको छैन ।

कला र गलाको संरक्षण गर्न स्थापित भएका संघसंस्थाको पहल र यूएईमा रहेका संघसंस्थाहरूले कार्यक्रममा केही पारिश्रमिकको व्यवस्था गर्न सक्ने हो भने यूएईलाई कर्मथलो बनाई हरेक कार्यक्रममा प्रस्तुति दिने कलाकारहरूको सम्मान हुने देखिन्छ ।

कारोबारबाट 

अमेरिकामा नेपाली कलाकार राजेन्द्र केसीको चित्रकला हासिल गर्यो प्रथम स्थान

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK