यूएईमा एक महिनामा ४ नेपालीले ज्यान गुमाए

ENGLISH

NRN GLOBAL

यूएईमा एक महिनामा ४ नेपालीले ज्यान गुमाए

28 March, 2016 | Sandeep Bhattarai | 560 Views | comments

रोजगारीका सिलसिलामा यूएई आएका नेपालीहरु अकालमै ज्यान गुमाउनेक्रम पछिल्लो एक महिनामा हृवात्तै बढेको देखिएको छ । सडक पार गर्ने क्रममा, पौडी खेल्ने क्रममा, आत्महत्या र हृदयाघातका कारण एक महिनाको अवधिमा चार जना नेपालीहरुको अकालमा ज्यान गएको छ ।

malaysiya31

झापा जिल्ला, तोपगाछी-७ केराधापका भवनाथ भण्डारी ‘भुपेन्द्र’ को गत महिना समुद्रमा पौडी खेल्ने क्रममा मृत्यु भएको थियो । दुबईको एक सेक्युरिटी कम्पनीमा कार्यरत भण्डारीको शव काठमाडौंका कुमार लामाको सहयोगमा नेपाल पुगिसकेको छ । निजले कम्पनीबाट पाउने तलब, उपदानको करिब चार हजार छ सय दिराम्स रकम नेपाली दूताबासले झापा जिल्ला प्रशासन कार्यालयमार्फत् पाउने गरी पठाइसकिएको दूताबास स्रोतले बताएको छ ।

गत दशैंको बेलामा क्लिनरका रुपमा यूएई आएकी काठमाडौं, नयाँ बस्तीकी सानुमाया तामाङले दुबईको आफ्नै बाथरुममा झुण्डिएर दुई हप्ताअघि आत्महत्या गरिन् । उनको शवलाई नेपाल पठाउन आवश्यक कागजात दूताबासले प्रदान गरिसकेको नेपाली दूताबासका द्वितीय सचिव कृष्ण अर्यालले बताए ।आफ्नै विवाहको लागि सामान खरिद गरी नेपाल जान तयारी गरिरहेकी काठमाडौंकी दीपा राईले पनि सडक पार गर्ने क्रममा गत १८ मार्चमा दुबईको अलकुजमा सवारी साधनको ठक्करबाट अकालमै ज्यान गुमाइन् । एक होटलमा कार्यरत २६ वर्षीया राईसँगै दुर्घटनामा परेेकी अर्की नेपाली युवतीको दुबईमै उपचार भइरहेको छ ।

त्यस्तै गत २५ मार्चमा बाग्लुङ जिल्ला स्थायी घर भएका ३९ वषिर्य प्रदीप थापाको हृदयाघातका कारण मृत्यु भएको छ । विगत ५ वर्षदेखि फुजेराको एक सेक्युरिटी कम्पनीमा कार्यरत थापाका दुई छोरी, एक छोरा र श्रीमती रहेको एनआरएन फुजेरा क्षेत्रका अध्यक्ष कृष्ण गिरीले बताए । आफु कार्यरत कम्पनीमा नेपालीको निधन भएका कारण मृतकको शवलाई नेपाल पठाउन, क्षतिपूर्तिका लागि पहल गर्न सहज हुने उनले बताएका छन् ।

स्मरण रहोस्, एनआरएन यूएई, नेपाली समाज लगायतका सामाजिक संस्थाहरुले सर्वसाधारण नेपालीहरुलाई अकाल मृत्यबाट जोगाउनका लागि जनचेतनामूलक कार्यक्रमहरु गरिरहेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याग्दीको तराई

म्याग्दीको तराई

म्याग्दीको तराईको रुपमा परिचित बेनी नगरपालिका १ रत्नेचौर ।...

युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई )पुगेका सिन्धुपाल्चोकका...

नेत्रहीन क्रिकेट खेलाडी युएईमा सम्मानित

एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट खेलाडी दुबईमा...

भरतबहादुर रायमाझी

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK