युवाको आकर्षणको केन्द्र युवा परिषद हुन्छ : उपाध्यक्ष ढुंगेल (भिडियो अन्तर्वार्ता)

ENGLISH

INTERVIEW

युवाको आकर्षणको केन्द्र युवा परिषद हुन्छ : उपाध्यक्ष ढुंगेल (भिडियो अन्तर्वार्ता)

11 June, 2016 | Sandeep Bhattarai | 1525 Views | comments

dhungel

युवाको क्षमता अभिवृद्धि गर्दै उनीहरुलाई उद्यमशील बनाउन उत्प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलन आयोजना हुने भएको छ ।

राष्ट्रिय युवा परिषद् र गैरआवासीय नेपाली सङ्घद्वारा संयुक्त रुपमा अगामी असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा आयोजना हुने सो सम्मेलनमा युवाका चौतर्फी विकासका लागि तत्कालीन र दीर्घकालीन रणनीतिसमेत तय गर्नेछ ।

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल आफू कुनै राजनीतिक दलको नभै युवाहरुको हितमा काम गरिरहेको बताउनुहुन्छ । न्युज एनआरएन डट कमसंगको भिडियो अन्तरवार्ताका क्रममा ढुङ्गेलले परिषद्मा आफ्नो भूमिकालाई चुनौतिपूर्ण मानेको र युवाहरुका लागि केही न केही गरिरहेको बताउनुहुन्छ ।

स्वदेशभित्रै युवालाई रोजगारीको अवसर सिर्जना गर्न, उनीहरुको क्षमता अभिवृद्धि गर्न र भूकम्पपछिको पुनःनिर्माणमा थप युवा सहभागिता गराउन सम्मेलन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । सम्मेलनका बारेमा जानकारी दिन शुक्रबार आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार सम्मेलनमा स्वदेश र विदेशका गरी करिब पाँच सय प्रतिनिधिको सहभागिता रहनेछ ।

त्यस्तै परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले नेपाली युवालाई उद्यमशीलताका लागि प्राविधिक र आर्थिक सहयोग गर्ने वातावरण तयार गर्न सम्मेलन महत्वपूर्ण हुने बताउनुभयो । उहाँले पुनःनिर्माणका युवा सहभागिताका लागि सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा युवा सशक्तीकरणका लागि विज्ञद्वारा कार्यपत्र, अवधारणापत्र प्रस्तुत गरिनुका साथै विषयगत क्षेत्रसित सम्बन्धित रही विषयगत छलफलसमेत हुनेछ ।

आगामी असोजमा एनआरएनएसंगको समन्वयमा विश्व युवा सम्मेलनको आयोजनाको तयारी गरिरहेको परिषद्ले सरकारले दिएको ४० करोड रुपैयाँको बजेटमा मात्र सीमित नरही अरु काममा पनि लागिपरेको ढुङ्गेल बताउनुहुन्छ । युवा परिषद्लाई सम्पूर्ण युवाहरुको केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिनुभएका ढुङ्गेलसंगको  भिडियो अन्तर्वार्ता हेर्नुहोस्-

यो पनि हेर्नुस – एनआरएनए र युवा परिषदले अन्तराष्ट्रिय युवा सम्मेलन गर्ने (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र...

कोलकाता

आइपिएलमा कोलकाताद्वारा राजस्थान २५ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत इलिमिनेटर म्याचमा कोलकाता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK