युरो कप : वेल्स र इंग्ल्यान्ड प्रि क्वाटरफाइनलमा (भिडियो सहित)

ENGLISH

SPORTS

युरो कप : वेल्स र इंग्ल्यान्ड प्रि क्वाटरफाइनलमा (भिडियो सहित)

21 June, 2016 | Sandeep Bhattarai | 1230 Views | comments

वेल्स र इंग्ल्यान्ड युरो कपको अन्तिम १६ मा प्रवेश गरेका छन् । मंगलबार बिहान भएको खेलमा रसियालाई ३-० के पराजित गर्दै वेल्सले अन्तिम १६ को लागि आफ्नो स्थान सुरक्षित गरेको छ । वेल्स समूह विजेता हुँदै अर्को चरणमा पुगेको हो ।

w1

सुरुवातदेखि नै रसियालाई दबाबमा राखेको खेलमा खेलको ११ औं मिनेटमा वेल्सको लागि आरोन रामसेले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै निल टेलरले ग्यारेथ बेलको उत्कृष्ट पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए औं त्यस्तै अघिल्ला खेलमा फ्रिकिक मार्फत गोल गरेका ग्यारेथ बेलले ६७ औं मिनेटमा रामसेको पासमा गोल गर्दै टोलीलाई प्रि क्वाटरफाइनलमा पुर्याए ।

जारी सिजनमा ग्यारेथ बेलको यो तेस्रो गोल हो ।

इंग्ल्यान्ड र स्लोभाकियाले बराबरी खेले
त्यस्तै आजै बिहान भएको खेलमा स्लोभाकियासंग गोल रहित बराबरी खेल्दै इंग्ल्यान्ड समूहको उपविजेता बन्दै प्रि क्वाटरफाइनलमा पुगेको छ । तीन खेलबाट इंग्ल्याण्ड ५ अंकसहित समूह बीको उपविजेता बनेको छ ।

Peter Pekarik , Dele Alli

स्लोभाकिया भने ४ अंकसहित तेस्रो स्थानमा छ र तेस्रो स्थानमा रहने उत्कृष्ट चारमा परेर नक आउट चरणमा पुग्ने सम्भावना कायमै छ । अधिकांश समय बल आफ्नो नियन्त्रणमा  राखे पनि इंग्ल्यान्ड गोल गर्न भने असफल रह्यो ।

इंग्ल्यान्डले पहिलो रोजाईका रुनी, केन, अलि लगायतका खेलाडीले स्टार्ट गरेका थिएनन । तर दोस्रो हाफमा रुनी र केन सब्सिच्युटका रुपमा मैदान प्रवेश गरेपनि टिमलाई जिताउन सकेनन् । खेल अवधिभर इंग्ल्यान्डले छ मौका पाएको थियो ।

वेल्स र रसियाको खेल –

इंग्ल्यान्ड र स्लोभाकियाको खेल –

यो पनि हेर्नुस –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK