युरो कपमा बेल्जियमको पहिलो जित (भिडियो सहित)

ENGLISH

SPORTS

युरो कपमा बेल्जियमको पहिलो जित (भिडियो सहित)

19 June, 2016 | Sandeep Bhattarai | 730 Views | comments

युरो कप अन्तर्गत शनिबार भएको पहिलो खेलमा बेल्जियम विजयी भएको छ । हिजो भएको खेलमा आयरल्याण्ड बेल्जियमसंग ३-० ले स्तब्ध हुन पुग्यो ।

bel

पहिलो खेलमा अप्रत्यासित रुपमा इटालीसंग पराजित भएको बेल्जियमले आयरल्याण्ड विरुद्धको खेलमा भने उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । खेलको ४८औं मिनेटमा रोमेलु लुकाकुले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै एक्सेल विट्सेलले खेलको ६१औं मिनेटमा हेडिंग मार्फत दोश्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

७०औं मिनेटमा एडेन हजार्डको राम्रो पासमा लुकाकुले व्यक्तिगत दोश्रो गोल गर्दै टोलीलाई स्पष्ट तीन अंक दिल्याए | पहिलो जित दर्ता गर्दै बेल्जियम तीन अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ । अब बेल्जियमले आफ्नो अन्तिम खेल स्वीडेन विरुद्ध खेल्नेछ ।

त्यस्तै हिजो भएको दोस्रो खेलमा आइसल्याण्ड र हंगेरीले १-१ गोलको बराबरी खेलेको छन् । खेलको अन्त्यतिर सम्हालिन नसक्दा आइसल्यान्ड जारी युरोपियन च्याम्पियनसिपमा लगातार दोश्रो बराबरी खेल्न बाध्य रह्यो ।

ic1

खेलको ३९ औं मिनेटमा गिल्फि सिगुर्डसनको पेनाल्टी गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-०ले पछि परेपछि दबाबमा देखिएको हंगेरीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो । र खेलको ८७ औं मिनेटमा उसले उपहार गोल पायो । नेमान्जा निकोलिकको प्रहार रोक्ने क्रममा सएभार्सनले आफ्नो पोष्टमा गोल गरेपछि दुवै टोली अंक बाड्न वाध्य भए ।

यसैगरी आइतबार बिहान भएको खेलमा विश्व विख्यात खेलाडी क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा पोर्चुगल र अष्ट्रीयाको खेल गोलरहित बराबरीमा सकिएको छ ।

खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखे पनि पोर्चुगल गोल गर्न भने असफल रह्यो । यस अघि भएको पहिलो खेलमा पोर्चुगलले आईसल्यान्डसङ ड्र र अष्ट्रीयाले हंगेरीसँग हार सामना गरेको थियो । यो समुहमा हंगेरी ४ अंक सहित पहिलोमा, आईसल्यान्ड २ अंक सहित दोस्रो, पोर्चुगल २ अंक सहित तेस्रो र अष्ट्रीया एक अंक सहित अन्तिम स्थानमा छ ।

Cristiano Ronaldo

अब यो समूहको अन्तिम खेलले अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लाग्नेछ ।

बेल्जियम र आयरल्याण्डको खेल –

आइसल्याण्ड र हंगेरीको खेल –

पोर्चुगल र अष्ट्रियाको खेल –

यो पनि हेर्नुस – युरो कपमा इटाली र स्पेन विजयी क्रोएसिया र चेक रिपब्लिकले बराबरी खेले (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK