युरो कपमा इटाली र स्पेन विजयी क्रोएसिया र चेक रिपब्लिकले बराबरी खेले (भिडियो सहित)

ENGLISH

SPORTS

युरो कपमा इटाली र स्पेन विजयी क्रोएसिया र चेक रिपब्लिकले बराबरी खेले (भिडियो सहित)

18 June, 2016 | Sandeep Bhattarai | 865 Views | comments

युरोप कप फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा इटालीले जित दर्ता गर्दा क्रोएसिया र चेक रिपब्लिकले अंक बाँडेका छन् । त्यस्तै शनिबार बिहान भएको खेलमा स्पेन बिजयी भएको छ ।

it1

हिजो भएको पहिलो खेलमा इटालीले स्वीडेनलाई १-० ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ८८ औ मिनेटमा एडरले गोल गर्दै टोलीलाई स्पष्ट तीन अंक दिलाए । लगातार दोस्रो जितसंगै इटालीले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित राखेको छ । पहिलो खेलमा उपाधिको दावेदार राष्ट्र बेल्जियमलाई २-० ले स्तब्ध परियो थियो भने पहिलो खेलमा स्वीडेन र आयरल्याण्डले बराबरी खेलेका थिए ।

त्यस्तै शुक्रबार भएको दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिकले २-२ को बराबरी खेलेका छन् । निकै प्रतिस्पर्धात्मक खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा क्रोएसिया अंक बाँडन बाध्य भयो । उनीहरुबीचको खेल निकै तनावपुर्ण भएको थियो । खेलको ३७औं मिनेटमा क्रोएसियाका लागि इभान पेरिसिचले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

cr2

इभान राकिटिचले दोश्रो हाफको ५७ औं मिनेटमा ब्रोजोभिचको पासको सदुपयोग गर्दै गोल गर्दै अग्रता दोब्बर बनाए । तर स्कोडाले ७६औं मिनेटमा चेक गणतन्त्रका लागि गोल गर्दै खेलमा फर्कने संकेत दिए। तर अन्तिम समयमा समर्थकको उच्छृंखल गतिविधिका कारण खेल नै केहि बेर अवरुद्ध हुँदै रोकिएको थियो । समर्थकले मैदानमा फ्लेयर्स र पटका फलेका थिए भने रंगशालामा दुवै समूहको समर्थकबीच झडप पनि भएको थियो ।

अबरुद्ध खेल केहि समयपछि संचालन भएको थियो र खेलको ९० औं मिनेटमा डि बक्स भित्र भिडाले बल हातले छोएपछि चेकले पेनाल्टी पाएको थियो । र, उक्त पेनाल्टीलाई सदुपयोग गर्दै नेसिडले गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।

cr3

यसैगरी शनिबार बिहान भएको खेलमा टर्कीलाई ३-० ले पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । जारी प्रतियोगितामा दोस्री जित हासिल गर्ने क्रममा खेलको ३४ औं मिनेटमा अल्भारो मोराटाको गोलबाट अग्रता लिएको थियो ।

त्यसको तीन मिनेटपछि नै नोलिटोले अग्रता दोब्बर पारे । पहिलो हाफमा २-० ले पछि परेपछि दबामा देखिएको टर्कीले खेलको ४८ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको अग्रता ३-० भयो । वर्ल्ड कपमा खराब प्रदर्शनपछी निकै आलोचित भएको स्पेनको लागि यो प्रतियोगितामा आलोचकहरुको मुख बन्द गराउने मौका पनि रहेको छ ।

sp1

स्पेनले अब समुह चरणको अन्तिम खेल अर्को बलियो टोली क्रोएसियासँग खेल्नेछ भने तार्कि भने समूह चरणबाटै बाहिरिएको छ ।

इटाली र स्वीडेनको खेल –

क्रोएसिया र चेक रिपब्लिकको खेल –

स्पेन र टर्कीको खेल –

यो पनि हेर्नुस – युरो कपमा इंग्ल्याण्ड र नर्दन आयरल्याण्ड जित दर्ता : जर्मनी र पोल्याण्ड बराबरी (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK