युरो कपमा इंग्ल्याण्ड र नर्दन आयरल्याण्ड जित दर्ता : जर्मनी र पोल्याण्ड बराबरी (भिडियो सहित)

ENGLISH

SPORTS

युरो कपमा इंग्ल्याण्ड र नर्दन आयरल्याण्ड जित दर्ता : जर्मनी र पोल्याण्ड बराबरी (भिडियो सहित)

17 June, 2016 | Sandeep Bhattarai | 740 Views | comments

युरोकप फुटबल अन्तर्गत बिहिबार भएको खेलमा इंग्ल्याण्ड र नर्दन आयरल्याण्ड विजयी भएका छन् भने शुक्रबार बिहान भएको खेलमा विश्व विजेता राष्ट्र जर्मनीले भने बराबरी खेलेको छ ।

wa1

हिजो भएको पहिलो खेलमा इंग्ल्याण्डले पहिलो जित दर्ता गर्ने क्रममा वेल्सलाई २-१ ले पराजित गरेको छ । लेन्समा भएको खेलमा वेल्सले ४२ औं मिनेटमा ग्यारेथ बेलको गोलबाट अग्रता लिएको थियो । उनले ३० यार्डबाट प्रहर गरेको उत्कृष्ट फ्रिकिक गोलमा परिणत भएको थियो । पहिलो हाफमा १-० ले पछि परेपछि दबाबमा देखिएको इंग्ल्याण्ड ले दोस्रो हाफमा उत्कृष्ट खेल खेल्यो । उसका लागि दोस्रो हाफमा ह्यारी केन र रहिम स्टर्लिङको स्थानमा मैदान प्रवेश गरेका भार्डी र स्टरिज दुवैले गोल गरेपछि इंग्ल्याण्ड जित सम्भव भएको थियो ।

भार्डीले ५६औं मिनेटमा र स्टरिजले इन्ज्युरी समयको दोश्रो मिनेटमा गोल गर्दै टोलीलाई स्पष्ट तीन अंक दिलाए । जितसंगै इंग्ल्याण्ड चार अंक सहित शिर्ष स्थानमा छ भने एक जित र एक हार सहित वेल्स तीन अंक सहित दोस्रो स्थानमा छ भने स्लोभाकियाको पनि तीन अंक नै छ । त्यस्तै रसिया एक अंक सहित पुछारमा रहेको छ ।

eng

त्यस्तै हिजो बेलुकी भएको खेलमा नर्दन आयरल्याण्डले ऎतिहसिक जित आत्मसाथ गरेको छ । बिहिबार भएको खेलमा नर्दन आयरल्याण्डले युक्रेनलाई २-० ले स्तब्ध पार्यो ।

ni1

खेलको ४९ औं मिनेटा ओलिभ नोरवुडको फ्रि किकमा ग्यारेथ म्युकोलीको गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफमा मैदान प्रवेश गरेका म्याकगिनले अतिरिक्त समयको केही सेकेन्ड मात्र बाँकी रहँदा गोल गर्दै टोलीलाई ऎतिहसिक जित दिलाएका थिए । पछिल्ला पाँच खेलमा युक्रेनविरुद्ध नर्दन आयरल्यान्डको यो पहिलो जित हो । बिहिबार राति नर्दन आयरल्याण्डको सम्झन योग्य रात भयो ।

नर्दन आयरल्याण्डको लागि युरो कपमा पहिलो जित दर्ता गर्दै इतिहास रचेको छ । साथै हिजो गोल गर्ने ग्यारेथ म्युकोली युरो कपमा गोल गर्ने सेकेन्ड ओल्डेस्ट स्कोरर समेत बनेका छन् । खेलको दौरान पोल्याण्डसँगको खेलपछि असामयिक निधन भएका २४ वर्षीय डरेन रोडगर्सलाई पनि सम्झिए ।

यसै गरि शुक्रबार बिहान भएको खेलमा जर्मनी र पोल्याण्डले गोलरहित बराबरी खेलेका छन् । दुवै टोलीले गोल गर्ने सुन्दर आवसर सदुपयोग गर्न नसक्दा अंक बाँड्न वाध्य भएका छन् ।

ger1

यद्यपि यी दुई टोलीको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना भने बलियो भएको छ । समूह डीमा जर्मनी र पोल्यान्डको समान ४ अंक छ भने नर्दन आयरल्याणको ३ अंक छ। समूहको अन्तिम खेलमा नर्दन आयरल्यान्डले जर्मनी र युक्रेनले पोल्यान्डको सामना गर्नेछ ।

इंग्ल्यान्ड र वेल्सको खेल –

नर्दन आयरल्याण्ड र युक्रेनको खेल –

जर्मनी र पोल्यान्डको खेल –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

विदेश बसेर नेपाललाई गाली होइन लगानी गर्न मन्त्री ज्ञवालीको आग्रह

   परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा...

वैदेशिक रोजगार : २२ महिनामा २ अर्ब ठगी

काठमाडौँ — २०७४ चैत पहिलो साता श्रम, रोजगार तथा...

गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK