युरो कपबाट दावेदार राष्ट्र स्पेन र इंग्ल्यान्ड बाहिरिए (भिडियो सहित)

ENGLISH

SPORTS

युरो कपबाट दावेदार राष्ट्र स्पेन र इंग्ल्यान्ड बाहिरिए (भिडियो सहित)

28 June, 2016 | Sandeep Bhattarai | 1665 Views | comments

दावेदार राष्ट्र स्पेन र इंग्ल्यान्ड युरो कपबाट बाहिरिएका छन् । सोमबार राति भएको पहिलो खेलमा इटालीले स्पेनलाई २-० ले स्तब्ध पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । फ्रान्सको पेरिसस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा इटालीले खेलको ३३ औं मिनेटमा अग्रता लियो ।

it1

एडर मार्टिनको फ्रि-किक प्रहार स्पेनका गोलकिपरले रोक्न सफल भए पनि बल नियन्त्रण गर्न नसक्दा डिबक्समा अनमार्क रहेका चेलिनीले बललाई चुमाउदै टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा १-० ले पछि परेपछि दवाबमा देखिएको साविक विजेता स्पेनले दोस्रो हाफमा पनि एक गोल खायो । दोस्रो हाफको इन्ज्युरी समयमा स्पेनको कमजोरीका कारण इटालीका लागि ग्राजियानो पेल्लेले गोल गर्दै इटालीलाई २-० को जित सुनिश्चित गराए ।

खेल अवधिभर स्पेनले कुनै पनि समयमा इटालीको पोष्टमा सशक्त प्रहर गर्न सकेन । अब इटालीले सेमिफाइनल प्रवेशको लागि विश्व विजेता राष्ट्र जर्मनीसंग खेल्नेछ । जर्मनी स्लोभाकियालाई हराउँदै यसअघिनै क्वाटरफाइनलमा पुगिसकेको छ ।

त्यस्तै मंगलबार बिहान भएको अर्को खेलमा इंग्ल्यान्ड आइसल्याण्डसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । इंग्ल्यान्ड आइसल्याण्डसंग २-१ ले स्तब्ध हुन पुग्यो । खेलमा आफ्नो अग्रता जोगाउन नसक्दा इंग्ल्यान्ड हार चाख्न वाध्य भयो ।

ic

खेलको चौथौ मिनेटमा आइसल्याण्डका गोलरक्षक होन्डसनले इङ्ल्याण्डका रहिम र्स्टिलिङलाई पेनाल्टी एरियामा लडाएपछि प्राप्त पेनाल्टीमा गोल गर्दै कप्तान वाइन रोनीले टोलीलाई १-० को अग्रता दिलाएका थिए। तर त्यसको दुई मिनेटमै आइसल्याण्डका रोग्नर सेगुरसजले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए। १-१ को बराबरी पछि खेल निकै रोमाचंक हुँदै जाँदा खेलको १८औं मिनेटमा आइसल्याण्डका कोल्वेइन सिग्पोर्सनले गोल गर्दै आइसल्याण्डले अग्रता लियो ।

ic1

पहिलो हाफमा २-१ ले पछि परेपछि दोस्रो हाफमा गोल गर्न नसक्दा इंग्ल्यान्ड प्रि क्वाटरफाइनलबाट नै बाहिरिएको छ । यो खेलसँगै युरोकको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । क्वाटरफाइनलको पहिलो खेलमा आगामी बिहीबार राति पोल्याण्ड र पोर्चुगल, शुक्रबार राति वेल्स र बेल्जियम, शनिबार राति जर्मनी र इटली तथा आइतबार राति आयोजक फ्रान्स र आइसल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

स्पेन र इटालीको खेल –

इंग्ल्यान्ड र आइसल्याण्डको खेल –

यो पनि हेर्नुस – फ्रान्स, जर्मनी र बेल्जियम युरो कपको अन्तिम आठमा (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK