युरो कपको अर्को चरणमा जर्मनी, स्पेन, नर्दन आयरल्याण्ड र पोल्याण्ड (भिडियो सहित)

ENGLISH

SPORTS

युरो कपको अर्को चरणमा जर्मनी, स्पेन, नर्दन आयरल्याण्ड र पोल्याण्ड (भिडियो सहित)

22 June, 2016 | Sandeep Bhattarai | 1265 Views | comments

युरो कप फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा जर्मनी र पोल्याण्ड बिजयी हुँदै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

ge1

हिजो भएको खेलमा जर्मनीले नर्दन आयरल्याण्डलाई १-० ले पराजित गरेको छ । जर्मनीको लागि थोमस मुलरको पासमा मारियो गोमेजले गरेको गोलनै निर्णायक बन्यो । खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखे पनि जर्मनीले एक गोल मात्र गर्यो । खेलमा नर्दन आयरल्याण्डका गोलकिपर माइकल म्याकगभर्न नायक बने । उनले जर्मनीको आठ प्रहर रोकेका थिए ।

त्यस्तै हिजै भएको समूह सी अन्तर्गत अर्को खेलमा पोल्याण्डले युक्रेनलाई १-० ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा पोल्याण्डको लागि खेलको ५४ औं मिनेटमा ज्याकुब ब्लासचेकोस्कीले गरेको गोल नै पोल्याण्डलाई युरो कपमा पहिलो पटक अन्तिम १६ मा पुर्याउन पर्याप्त रह्यो । समूह सी मा जर्मनी र पोल्याण्डको समान सात अंक भएका गोल भिन्नताको आधारमा जर्मनी र पोल्याण्ड क्रमश विजेता र उपविजेता भए ।

po1

नर्दन आयरल्याण्ड र स्लोभाकिया पनि अन्तिम १६ मा
त्यस्तै नर्दन आयरल्याण्ड पनि प्रि क्वाटरफाइनलमा पुगेको छ । बुधबार बिहान भएको खेलमा टर्कीले चेक रिपब्लिक पराजित गरेसंगै नर्दन आयरल्याण्डको भाग्य चम्किएको हो ।

तेस्रो स्थानमा रहेको एक उत्कृष्ट टिमका रुपमा नकआउट चरण पुगेको छ । यो पटक युरो कपमा समूह विजेता र उपविजेतासँगै तेस्रो स्थानमा रहेका चार उत्कृष्ट टिमले नकआउट चरणमा स्थान बनाउनेछ ।

Soccer Euro 2016 Ukraine Northern Ireland

यस अनुसार स्लोभाकिया स्वत उत्कृष्ट चारमा परेको छ । समूह बी को तेस्रो स्थानमा रहेको उसको चार अंक छ । उत्तरी आयरल्याण्ड, टर्की र अल्बानियाको समान ३/३ अंक छ ।तर, गोल अन्तरका आधारमा उत्तरी आयरल्याण्ड दोस्रो स्थानमा छ । उत्तरी आयरल्याण्ड १९८६ पछि पहिलो पटक ठूलो प्रतियोगिता खेल्दैछ र उसले अब नकआउट चरण्मा वेल्स र फ्रान्स मध्ये एकसंग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरि बुधबार बिहान भएको खेलमा भने टर्की र क्रोएसिया बिजयी भएका छन् । आज बिहान भएको खेलमा टर्कीले चेक रिपब्लिकलाई २-० ले हराउदै टर्की ले ३ अंक सहित समुह डिमा तेस्रो स्थान पक्का गर्दै पछिल्लो चरण पुग्ने सक्ने आशा जिवित राखेको हो ।

Turkey

लियोनमा भएको खेलमा टर्कीले १० औं मिनेटमा बुराक यिलमाजको गोलबाट अग्रता लिएको थियो । खेलको ६५ औं मिनेटमा ओजान तुफानले गोल गर्दै जित सुनिश्चित गरे ।

बुधबार बिहानै भएको अर्को खेलमा भने स्पेन क्रोएसियासंग २-१ ले स्तब्ध हुन पुगेको छ । जितसँगै क्रोएसिया समूह विजेता हुँदै अन्तिम १६ मा पुगेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा अग्रता र पेनाल्टीमा गोल गर्न नसक्दा स्पेनले आफ्नो विजयी यात्रा कायम गर्न सकेन । यससंगै स्पेनको युरोपियन च्याम्पियनसिपमा १५ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । खेलको सातौं मिनेटमा नै मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए तर पहिलो हाफको को अन्तिम समयमा क्रोएसियाको लागि कलिनिकले गोल गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफ बराबरीमा सकिएपछि खेल निकै रोमान्चक भएको थियो । दुबैले गोलको भरपुर प्रयास गरे र खेलको ७२ औं मिनेटमा स्पेनले पेनाल्टी पायो । तर उक्त पेनाल्टीलाई सर्जियो रामोसले गोल गर्न नसक्दा स्पेन अग्रता लिनबाट बन्चित रह्यो । रामोसको प्रहर क्रोएसियाका गोलकिपरले रोके ।

sp1

खेलको ८७ औं मिनेटमा पेरिसिकले गोल गर्दै क्रोएसियालाई २-१ को जित दिलाए । हारेपनि स्पेन उपविजेता रहदै नकआउट चरणमा पुगेको छ । अब स्पेनले क्वाटरफाइनल प्रवेशको लागि इटालीको सामना गर्नुपर्नेछ ।

जर्मनी र नर्दन आयरल्याण्डको खेल –

पोल्याण्ड र युक्रेनको खेल –

टर्की र चेक रिपब्लिकको खेल –

स्पेन र क्रोएसियाको खेल –

यो पनि हेर्नुस – अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा...

“नालीना एकल साङ्गितिक साँझ” अब पोर्चुगलमा

दुई दशक पहिलेकी चर्चित नेपाली पप गायिका नलीना चित्रकार...

भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको अन्त्येष्टि आज अपरान्ह ४ बजे गरिने

तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल विहारी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK