युरो कपको अन्तिम १६ मा पोर्चुगल, हंगेरी, आइसल्याण्ड, बेल्जियम र रिपब्लिक अफ आयरल्याण्ड (भिडियो सहित)

ENGLISH

SPORTS

युरो कपको अन्तिम १६ मा पोर्चुगल, हंगेरी, आइसल्याण्ड, बेल्जियम र रिपब्लिक अफ आयरल्याण्ड (भिडियो सहित)

23 June, 2016 | Sandeep Bhattarai | 1710 Views | comments

युरो कप फुटबल अन्तर्गत बुधबार भएको खेलमा आइसल्याण्ड बिजयी हुँदा पोर्चुगल र हंगेरीले भने बराबरी खेलेका छन् । हंगेरीसंग ३-३ को बराबरी खेलेपछि हंगेरी समूह विजेता र आइसल्याण्ड उपविजेता र पोर्चुगल उत्कृष्ट दोस्रो उपबिजेता हुँदै नक आउट चरणमा प्रवेश गरेको हो ।

Portugal 3-3 Hungary

लगातार खराब फर्ममा गुज्रिरहेको पोर्चुगलले हिजो राति भएको खेलमा पनि बराबरी खेलेपछि उसको तीन खेलमा तीन नै अंक भएको छ । खेल सुरु भएको १९ औं मिनेटमा गेराले डि-बक्स बहिरबाट गोल गर्दै खाता खोलेका थिए । तर ४२ औं मिनेटमा रोनाल्डोको कुईक फ्रिकिकमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर दोस्रो हाफ निकै रोमान्चक भएको थियो ।

दोस्रो हाल्फ सुरु भएको १७ मिनटमा चार गोल सम्भव भएको थियो । खेलको ४७ औं मिनेटमा पाएको फ्रिकिकमा दुड्स्साअकले गोल गर्दै हंगेरीलाई अग्रता दिलाए । तर खेलको ५० औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै खेल पुन बराबरीमा ल्याए ।

फेरि हंगेरीले ५५ औं मिनेटमा दुड्स्साअकले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा फ्रिकिक गर्दै टोलीलाई अग्रता दिलाए । पुन : रोनाल्डोले कर्नर बललाई हेड गर्दै ६२औ मिनटमा गोल गरेका थिए । त्यसपछि खेलमा दुवै पक्षबाट गोल भएन र खेल बराबरीमा सकियो । नक आउट चरणमा अब पोर्चुगलले क्रोएसिया र हंगेरीले बेल्जियमको सामना गर्नेछ ।

त्यस्तै बुधबारै भएको अर्को खेलमा अष्ट्रियालाई २-१ गोल अन्तरले पराजित गर्दै पहिलो पटक युरो कप खेल्दै ऎतिहसिक रुपमा नक आउट चरणमा प्रवेश गरेको छ । जितसँगै तीन खेलबाट ५ अंक जोडेको आइसल्याण्ड समूह एफका उपविजेता बनेको छ । र, अब अन्तिम १६ मा इंग्ल्याण्डको सामना गर्ने भएको छ ।

AP SOCCER EURO 2016 ICELAND AUSTRIA S SOC WSOC FRA

यसैगरी बिहिबार बिहान भएको खेलमा स्वीडेनलाई १-० ,ले पराजित गर्दै बेल्जियम ६ अंकसहित समूह ईको उपविजेताका रुपमा नकआउट चरणमा पुगेको छ ।

पराजित टोली स्वीडेन भने प्रतियोगिताबाट बाहिरिएको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर खेलको ८५ औं मिनेटमा नारिनगोलानले विजयी गोल गर्दै टोलीलाई अन्तिम १६ मा पुर्याए ।

bel1

बिहिबार बिहानै भएको अर्को खेलमा भने रिपब्लिक अफ आयरल्यााण्डले उपाधिको दाबेदार इटलीलाई १-० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा स्थान बनाएको छ ।

निकै निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर खेलको ८५ औं मिनेटमा ब्रेडीले गोल गर्दै आफूलाई उत्कृष्ट चार टिममा पर्दै अन्तिम १६ मा पुगेको छ । इटाली भने यसअघिको दुवै खेलमा जित हात पर्दै अघिल्लो चरण प्रवेश गरिसकेको थियो ।

Ireland vs Italy Highlights (2)

जितले रिपब्लिक अफ आयरल्याण्ड ४ अंकसहित समूह ईको तेस्रो स्थानमा रहृयो ।

पोर्चुगल र हंगेरीको खेल –

आइसल्याण्ड र अस्ट्रियाको खेल –

स्वीडेन र बेल्जियमको खेल –

इटाली र रिपब्लिक अफ आयरल्याण्डको खेल –

यो पनि हेर्नुस – युरो कपको अर्को चरणमा जर्मनी, स्पेन, नर्दन आयरल्याण्ड र पोल्याण्ड (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK