युरोपमा २९५ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सम्पन्न

ENGLISH

NRN GLOBAL

युरोपमा २९५ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सम्पन्न

17 January, 2017 | Sandeep Bhattarai | 1130 Views | comments

पृथ्वी जयन्ती

प्रवासी नेपाली एकता समाज युरोप र बेल्जियमको संयुक्त आयोजनामा गरिएको २९५ औ पृथ्वी जयन्ती तथा एकता दिवस कार्यक्रममा बोल्दै पूर्व मन्त्री रेशम लामाले राष्ट्र निर्माता पृथ्वी नारायण शाहकै कारण अहिले आफू नेपाली हुन पाएको बताएका छन।

‘पृथ्वी नारायण शाहकै कारण आज हामी सबैले नेपाली भन्न पाएका छौँ।”गान्धीको समाधिस्थलमा ३ मिटर परै जुत्ता फुकालेर नमस्कार गर्ने हाम्रा नेताहरुले किन आफ्नै देशका रास्ट्र निर्माताको शालिक भत्क्याउदै इतिहास मेट्दै हिडिरहेका छन? यी सबै आयातित कारण नै देशले दिन प्रतिदिन दुख भोगिरहनु परेको छ।’ उनले अगाडी थपे ‘गान्धीलाइ जुत्ता फुकालेर नमस्कार गर्ने, पृथ्वीनारायण शाहलाइ बहिष्कार गर्ने यो कस्तो लोकतन्त्र?’ वेल्जीयम पुगेका पूर्व मन्त्री  रेशम लामाले यो भनिरहदा पूरै मंच तालीले गड गडगडाएको थियो। काय्रकममा सबैज राजनैतिक दलका समर्थित सदस्यहरुको उपस्थिती थियो।

कार्यकर्ममा बोल्दै सहभागी बोधराज पौडेलले पृथ्वी नारायण शाहले एकीकरण गरेकै कारण अहिले नेपाल र नेपालीको अस्तित्व रहेको प्रस्ट पारेका थिए। एमाले निकट रहेका पौडेलले अहिलेको स्थितिमा देश बचाउनको लागि विदेसी विरुद्ध नेपाली भएर लाग्नुपर्ने र विदेशमा रहेका सबै राष्ट्रबादी नेपालीहरु एक हुन पर्ने बताएका थिए। बेल्जियममा भयको उक्त कार्यकर्ममा युरोपका अन्य धेरै देशहरुबाट नेपालीहरुको सहभागिता रहेको थियो।

कार्यक्रम प्रवासी नेपाली एकता समाज युरोपका अध्यछ्य सुरेन्द्र अमात्यको सभापतित्वोमा सम्पन्न भएको थियो भने , गैरआवासिय नेपाली संघका केन्द्रय सचिव अर्जुन कुमार श्रेष्ठ , गैरआवासीय नेपाली संघ नेदरल्यान्ड्स का अध्यक्ष हिमाल गुरुङ , गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले राष्ट्र निर्मातालाई सम्मान गर्नु पर्ने धारणा ब्यक्त गर्नु भएको थियो ।

त्यसै गरी प्रवासी नेपाली एकता समाज बेल्जियमका कार्यबहाका अध्यक्ष दिपेन्द्र के सि ले स्वागत मन्तब्य राख्नु भएको थियो भने प्रवासी नेपाली एकता समाज युकेका अध्यक्ष रोशन सापकोटा, प्रवासी नेपाली एकता समाज स्कोटल्यान्डका अध्यक्ष भुपाल कार्की लगायतका बक्ता हरुले नेपाल राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहाको योगदानका बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रम प्रवासी नेपाली एकता समाज युरोपका महामन्त्रि बिक्रम बानियाले संचालन गर्नुभएको थियो ।

लन्डनमा मनाइयो पृथ्वी जयन्ती

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK